• काठमाडौँ, २७ जेठ । गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ ।

    राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताउनुभयो ।

    उहाँले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबीन गर्न समिति बनाएर अगाडि बढाइएको जानकारी दिँदै उहाँले त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

    विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रुपमा रहेको संगठित अपराधको नियन्त्रणमा विशेष अभियान शुरु गरिएको बताउनुभयो ।

    समाजको सदाचारको लज्जाजनक अवस्थामा लागुऔषध तथा मदिरा नियन्त्रण गर्न लागिएको बताउँदै उहाँले यातायात क्षेत्रको मिलेमतो खारेज भएको र अन्य क्षेत्रमा रहिआएको मिलेमतोलाई नियन्त्रण गर्ने बताउनुभयो ।

    विपद् जोखिम न्यूनीकरणका विषय प्रभावकारी बनाउने बताउँदै गृहमन्त्री थापाले क्षतिको आधारमा उद्धार र राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कानून बमोजिम भएका सम्झौताको कार्यान्वयन नगर्ने निर्माण क्षेत्रमा गृह मन्त्रालय गम्भीर भएर लाग्ने बताउनुभयो ।

    गृहमन्त्री थापाले सीमा सुरक्षाको क्षेत्रमा सबै सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गरिएको बताउनुभयो । उहाँले आगामी आवमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…