• २७ जेष्ठ २०७५
    भीमराज अधिकारी, पथरी

    मावि तह अन्तरगत कक्षा ११ र १२ मा अध्यापन गराउदै आएका शिक्षकहरुको संगठन माध्यमिक शिक्षक एशोसियशन नेपालले आज देशैभर एकै दिन सम्पूर्ण स्थानीय तहमा ध्यानकर्षण पत्र बुझाएका छन् । नयाँ संरचना अनुसार कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भनेर नामाकरण गरिएको छ तर विद्यालयले दिने सेवा सुविधा र व्यवहार नै फरक भएको शिक्षकहरुको गुनासो रहेको छ ।
    मोरङको पथरी शनिश्चरेमा पनि नगर स्तरीय हिस्टानले आफ्ना ४ सुत्रिय माग सहित नगर प्रमुख दिलिप कुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे र शिक्षा शाखा प्रमुख एवं विद्यालय निरिक्षक दुर्गा प्रसाद सिग्देलको ध्यानाकर्षण गराएका छन् । यस नगरमा हिस्टानको १५ सदसीय समिति रहेको छ । यस नगरमा कक्षा १२ सम्म भएका मावि विद्यालयहरु पञ्चायत मावि, अमरसिंह मावि, जनता मावि, सिंह बाहिनी मावि, भागिरथ मावि र बुद्ध मावि रहेका छन् । मावि तहको राहत कोटामा नियुक्ती दिएको तर विद्यालयले गर्ने व्यवहार चाहीँ कार्यालय सहयोगी भन्दा तलको गर्ने गरेको गुनासो हिस्टा पथरी शनिश्चरेका सचिव गोपाल सुवेदीले गर्नुभयो । सुवेदीले ज्ञापन पत्र पढेर सुनाउदै शिक्षकहरुका हक र अधिकारका विषयमा नगरलाई अधिकार भएका कारण नगरपालिका तथा नगर शिक्षा विभागले हिस्टानका मागहरु पुरा गर्न पहल गरिदिन अनुरोध गर्नुभयो ।
    राहत कोटामा नियुक्ती दिएको तर तलव सुविधा भने विद्यालयले आफ्नो आम्दानीमा जोड्ने गरेको उपाध्यक्ष ज्ञान बहादुर बस्नेतले बताउनुभयो । तलव सेवासुविधा पनि बैकिँङ प्रणालीबाट लागू गर्नुपर्नेमा बस्नेतले जोड दिनुभएको छ ।
    पथरीशनिश्चरे नगर अध्यक्ष राजु तिम्सिनाको अगुवाइमा बुझाइएको सोे ज्ञापनपत्रमा कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहमा तत्काल आवश्यकता अनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने पहिलो माग समेटिएको छ । यस्तै साविक उच्च माविमा पढाउने शिक्षकको मर्यादाक्रम अनुसार नै हाजिरी हुनुपर्ने, प्राज्ञिक उन्नतिका लागि अवसर प्रदान गरिनुपर्ने र निजी स्रोतमा कार्यरत शिक्षकको पारिश्रमिक पनि सरकारी सरह कायम हुुनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख दिलिपकुमार राईले यस विषयमा आफू सकारात्मक रहेको र उल्लेख भएका समस्यालाई सरोकारवालासम्म पु¥याएर समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    हिस्टानको केन्द्रीय नीति र आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत नगरभित्र क्रियाशील हिस्टानले पनि स्थानीय निकाय प्रमुखलाई उक्त ज्ञापनपत्र बुझाएको हिस्टान मोरङका सदस्य बुद्धिनाथ अधिकारीले जानकारी दिनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…