मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा ३ दिने उद्घोषण तालिम आइतवारबाट सुरु भएको छ ।
सुरेन्द्रनगरस्थित वडा समितिको कार्यलयमा सुरु भएको उद्घोषण तालिमको प्रशिक्षण प्रशिक्षक कविता शर्माले गर्दैछिन् ।
तालिममा वडा नम्बर ५ का ५० जना भन्दा धेरैका व्यक्तिको सहभागिता रहेको छ ।
विशेष गरेर महिलाहरुका नेतृत्व वकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
वडा अध्यक्ष योगन थापाको प्रमुख आतिथ्यता तथा वडा सदस्य मेघराज गेलालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य नारायण खड्का, दुर्गा देवकोटा, चन्द्रकुमारी विक, प्रशिक्षक कविता शर्मालगायतले शुभकामना व्यक्त गरेका थिए ।
कर्मचारी सपना काफ्लेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यलय सचिव पवित्रा बस्नेतले गरेकी थिइन् ।