• उर्लाबारी । उर्लाबारीमा सञ्चालित आधुनिक शैलीको पारिवारिक होटेल ‘चेरी टमेटो द लन्ज ’ले एचडी स्क्रीनमा विश्वकप फुटवल देखाउने भएको छ । खेलप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै ब्यवस्थित तरिकाले वल्र्डकप एचडी स्क्रीनमा मार्फत देखाईन लागिएको होटेलका सन्चालक दिनेश श्रेष्ठले बताउनुभयो ।
    सन्चालक श्रेष्ठका अनुसार होटेलमा यसअघि पनि दर्शक तथा ग्राहकको रोजाईमा ख्याति प्राप्त कलाकारहरुको साँगीतिक कार्यक्रमहरु भईरहेको थियो । केही महिना दिनअघि देखि नै यस होटेलमा आइपिएल क्रिकेट खेल हेर्दै मिठा परिकार खानेको घुइचो लाग्ने गरेको थियो । विश्वकपको क्रेजलाई ध्यान दिदैं उर्लाबारीमा सबैभन्दा व्यवस्थित तरिकाले देखाईने सन्चालक श्रेष्ठले बताउनुभयो ।


    केही दिनमा नै सुरु हुन लागेको विश्वकप फुटबललाई लक्षित गरेर २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनबाट खेल देखाइने भएको छ । फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पुरा गर्दै चेरीले फुटवल हेर्न आउनका लागि अनुरोध पनि गरेको छ । गर्मीमा एसीको व्यवस्था मिलाएको उक्त होटेलमा पानी पर्दा र लोडसेडिगमा पनि कुनै समस्या नुहने बताईको छ । यसका साथैं त्रिब गतिको फ्रि वाइफाईको समेत व्यवस्था गरिएको छ ।

    खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक होटेल चेरीमा सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने सन्चालक श्रेष्ठ बताउनुहुन्छ । २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य उर्लाबारीमा अरु काँही पनि छैन ’होटेलका लगानीकर्ता मध्येका एक विशाल लिवाङले भन्नुभयो । विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको होटेलमा चाईनिज, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक हप्ता फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो ।

    बिहान ९ बजेदेखि राति १० बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । पर्सनल बार सहतिको भिआईपी हल लाउञ्जको विशेषता हो ।
    फेमिलि कर्नर पनि होटेलमा लोकप्रिय बन्दै गएको छ ।
    होटेलमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन,अरबियन फाष्टफुस्ड स्वारमा लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘उर्लाबारीमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ अर्का सन्चालक सदस्य दिनेश थापाले भन्नुभयो ।
    उर्लाबारीको नमूना होटेलका रुपमा परिचित चेरी टमेटोमा झण्डै १ दर्जन युवाहरुले प्रत्यक्ष रुपमा रोजगारी पनि पाएका छन् ।
    होटेलले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधियुक्त सुरक्षा प्रणाली पनि जडान गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…