• बिर्तामोड, जेठ २७। यतिबेला देशभरको मौसम तातिएको छ । त्यसमा पनि तराई क्षेत्र त उखुम नै भएको छ । बढ्दो गर्मसँगै जनजीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण मानिसहरु खुल्ला आकाशमा हिडन् सक्ने अवस्था छैन । त्यसमाथि विद्यालय गएका विद्यार्थीहरुको त झन हालत हुने गरेको छ । पंखा भएका विद्यालयमा त जसो तसो गर्मी छेक्छ तर त्यहि पंगा पनि नभएको विद्यालयका विद्यार्थीको के हालत भएको होला कल्पना गर्न पनि सकिन्दैन । यस्तै अवस्थालाई मध्यनजर गर्दै वीरता जेसीजले झापाको एक विद्यालयका विद्यार्थीहरुलाई गर्मी नहोस भन्ने उदेश्यका साथ पंगा प्रदान गरेको छ । आइतबार अर्जुनधारा–५ बैसाबाडीस्थित नवज्योति आधारभूत विद्यालयलाई चर्को गर्मीमा विद्यार्थीलाई कक्षा कोठामा बस्न र पठन–पाठन गराउन समस्या भएपछि विद्यालयको आग्रहमा पंखा [सिलिङ फेन} लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
    कार्यक्रममा विद्यार्थीका लागि कापी, फुटबल, भविबल, प्लाष्टिक कुर्सी तथा प्रधानाध्यापक बस्ने कुर्सी प्रदान गरिएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष एवम् समाजसेवी राजेन्द्रकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष जीवनकुमार खतिवडा र प्रधानाध्यापक कमलप्रसाद भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
    वीरता जेसीजको तर्फबाट प्रमुख अतिथि थापा, अध्यक्ष गिरी, कार्यक्रम संयोजक ओमप्रकाश लुइँटेल, सहयोगदाताहरुले सामग्री हस्तान्तरण गरेका थिए । युवा समाजसेवी घनेन्द्रराज खनाल, श्रेया डान्स सेन्टरकी गीता ढुंगेल, पपुलर बुक्सका चेतन ढुंगाना, खगेन्द्र काष्ठ फर्निचर उद्योगका सञ्चालक खगेन्द्रप्रसाद खरेल लगायतले उक्त सामग्री सहयोग प्रदान गरेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथि विद्यालयका लागि जग्गादाता परिवारका सदस्य समेत रहेका थापा, सहयोगदाता घनेन्द्रराज खनाल, अध्यक्ष खतिवडा लगायतले मन्तव्य राखेका थिए । प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन र तालिम संयोजक विकास बस्नेतले जेसीआई मिसन भिजन वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए । सन् २०१८ का रक्तदान संयोजक

     

    रहेका उक्त कार्यक्रमका संयोजक लुइँटेलले स्वागत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…