• झापा । रजहर जेसीजको आयोजनामा राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई बधाई तथा सम्मान गरेको छ ।
    शनिबार देवचुली नगरपालिका रजहरको एक रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा क्रिकेट खेल मार्फत नेपालको सान बढाउन सफल खेलाडी लामिछानेको बाल्यकालको अवस्था र देशका लागि गरेको योगदानको प्रशंसा समेत गरिएको थियो । कार्यक्रममा बोल्दै सहभागि बक्ताहरुले हरेक खेलाडी सन्दिप लामिछाने जस्तो हुनुपर्ने बताएका थिए । कार्यक्रममा रजहर जेसीसका बर्ष २०१८ का अध्यक्ष चित्र ध्वज जिसीको अध्यक्षता एवम् वर्दघाट सुस्ता पूर्व नवलपुरका एसपी दिपेन्द्र जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
    यस्तै कार्यक्रममा खेलाडी सन्दिप लामिछानेका स परिवारको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुुहुदै प्रमुख अतिथि दिपेन्द्र जिसीले हरेक युवा तथा बालबालिकाहरुलाई आफनो इच्छा विपरीत नभई चाहेको विषयमा अध्ययन गर्न सके सफल युवा बन्न सक्नेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित विभिन्न संघसस्था ,पत्रकारहरुको सहभागता रहेको थियो ।
    रजहर जेसिसका सदस्य नितु आचार्यको संयोजकत्वमा कार्यक्रम सम्पन्न कार्यक्रमको सञ्चालन देवचुली जेसीज बर्ष २०१८ का महासचिव निलकण्ठ पोखरेलले गर्नु भयको थियो । सो कार्यक्रममा देवचुलि जेसीजबाट बोर्डका सम्पुर्ण पदाधिकारि साथै सदस्यहरु र संस्थापक अध्यक्ष केवि रानाको पनि उपस्थित रहेको थियो ।
    स्मरण रहोस हालै सम्पन्न आइपीएल खेलमा दिल्लीबाट खेल खेलको सन्दिपले ३ खेलमा ५ विकेट झारेर नेपालीलाई विश्वमा गर्व गर्न लायक बनाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…