• देबु बानियाँ

    विर्तामोड, जेठ २७ । प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्रले ५ वर्षमा ४ हजार ३ सय ४३ वटा सम्बन्ध सुधारसहित स्थानीय स्तरमा देखिएका विवाद मेलमिलाप प्रक्रियाबाट समाधान गरेको छ ।

    जल जमिन र जंगलको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले स्थापना समयदेखि हालसम्म आइपुग्दा यी समस्याहरुको समाधान गर्न सफल भएको हो ।
    प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको पाँचौं स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै ‘सामुदायिक मेलमिलाप अभियान’ नेपालका पाँच जिल्लामा सञ्चालन भइरहेको र केन्द्रको सहजीकरणमा एक सय ४० वटा ठूला बहुसरोकारवाला विवाद रुपान्तरण भइसकेको संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाले बताइन् ।
    २०७० सालमा स्थापना भएको प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्रले १७ वटा जिल्लामा अभियान सञ्चालन गर्दै स्थानीय स्तरमा देखिएका द्वन्द्वलाई मेलमिलाप गराउँदै आएको थापाले बताइन् । उनका अनुसार हालसम्म तीन सय ११ वटा मेलमिलाप केन्द्र मार्फत स्थानीय स्तरमा देखिएका विवादहरु समाधान भएको छ ।
    ‘विवादका क्षेत्रका काम गर्न तालिम प्राप्त जनशक्तिले अहिले १७ वटा जिल्लामा काम गरिरहेको छ’ थापाले भनिन्– ‘सामुदायिक मेलमिलापकर्ता ३ हजार ३३ जनाले उत्पनन विवाद मिलाउँदै आएका छन् ।’
    झापामा पनि उत्पन्न विवादलाई संवादका माध्यमबाट मेलमिलाप गराउदै आएको कार्यक्रममा जानकारी दिइयो । झापाको मेचीनगर कनकाई, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र कचनकवल, झापा, बुद्धशान्ति गाउँपालिकामा द्वन्द्व रुपान्तरणका क्षेत्रमा यो संस्थाले काम गरिरहेको छ ।
    स्रोत व्यक्ति थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती , प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्रका सहजकर्ता मानबहादुर कार्की , सामुदायिक उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष छत्र पौडेलल, जिल्ला वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारीलगायतले बोलेका थिए । झापामा क्रियाशील पत्रकारहरुको सहभागितामा संस्थाले स्थापना दिवस मनाएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…