• २८ जेष्ठ, पथरी

    मोरङको पथरी शनिश्चरे ५ हसन्दहमा रहेको वडा बालक्लव संजालले नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ ।
    जेष्ठ २५ देखि २७ गते सम्म सञ्चालित तालिमको सहजीकरण फरेन विराटनगरका सुपरभाइजर अर्जुन बास्तोलाले गर्नुभएको थियो । नगरपालिकाबाट बालबालिकाको क्षेत्रमा जनचेतनामूलक कार्यक्रमका निमित्त विनियोजन भएको रकम मध्येबाट यो तालिम सञ्चालन गरिएको वडा वालसंरक्षण समितिका अध्यक्ष महेश थापाले बताउनुभयो । वडाका करिब ४० जना बालबालिकाले सक्रिय रुपमा सहभागी भइ तालिम लिएका छन् ।
    तालिमको औपचारिक रुपमा समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष जोग बहहादुर धिमालले बालबालिकाको हितमा हुने कुनैपनि कार्यक्रममा वडाको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । यस्ता स–साना कार्यक्रमहरुमा निरन्तर सहभागि हुदै जानाले बालबालिकको क्षमता र नेतृत्व विकासमा सहयोग पुग्ने धिमालको भनाइ छ ।
    कार्यक्रममा वडा सदस्य शान्ति देवि ऋषिदेव, बाल संरक्षण समिति अध्यक्ष महेश थापा, वडा नंं. ६ की वडा सचिव मिना कुमारी वर्मा, रेडक्रस हसन्दह सभापति भोलानाथ घिमिरे, युवा समाजसेवी कल्पना मिश्र लगाएतको उपस्थीति रहेको थियो । समापन कार्यक्रम वडा बालक्लव संजालकी अध्यक्ष प्रकृति थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन सत्रको कार्यक्रम संचालन संजालका निवर्तमान अध्यक्ष दिपेश प्रसाइले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…