• संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालनको नियमावली पारित भएको छ । नियमावलीअनुसार प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा चार गरी १४ वटा विषयगत समिति गठन गर्ने बाटो खुलेको छ ।

    सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन मूल्यांकन गर्न र आवश्यक निर्देशन दिन विषयगत संसदीय समिति गठन गर्न लागिएको हो ।संघीय संसद्मा एक साताभित्र संसदीय समिति गठन गर्नेगरी दलहरूले तयारी थालेका छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले आफूले इच्छाएको कुनै तीन समितिको नाम लेखेर संसदीय दलमा बुझाउन सांसदहरूलाई फारम वितरण गरेको छ ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले समिति गठनको प्रक्रिया आइतबारबाट प्रारम्भ गरिएको बताए ।

    उनले आफ्ना सांसदहरूलाई आफूले इच्छाएका कुनै तीनवटा समितिको नाम दिन फारम वितरण सुरु गरिएको बताए । कुनै एक सांसदले एउटा मात्रै समितिमा सदस्य बन्न पाउने भएकाले सांसदले इच्छाएका तीनवटा समितिमध्ये कुनै एकमा पर्नेगरी बाँडफाँड गरिने बताए । समिति सभापतिबारे हामीले छलफल गर्नै बाँकी छ । सार्वजनिक लेखा समिति भने विपक्षीलाई दिनेछौँ उनले भने ।

    प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसद् सचिवालयले नाम मागेपछि विभिन्न समितिमा सदस्यका रूपमा आफ्ना सांसदहरूलाई सिफारिस गर्ने बताए । विपक्षी दललाई सार्वजनिक लेखा समितिको सभापतिको जिम्मा दिने प्रचलन रहँदै आएको छ । त्यसबाहेक अरु कुन कुन समितिको सभापति कांग्रेसबाट पर्छ भन्ने विषयमा छलफल हुन बाँकी छ उनले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…