• काठमाडौँ। ललितपुरको यूएन पार्कमा प्रहरीको गोली लागेर गुण्डा नाईके अशोक लामा घाईते भएका छन्।

    गुण्डा नाईके लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।

    मोस्ट वान्टेडको सूचीमा रहेका लामालाई सोमबार दिउँसो पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाइ लागेपछि प्रहरीले उनीमाथि गोली चलाएको हो।

    उनको दाहिने खुट्टामा गोली लागेको छ भने उनको साथबाट दुई राउन्ड गोलीसहित एउटा पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गुन्डा नाइके लामा पछिल्लो समय व्यापारीलाई धम्क्याएर पैसा असुल्दै आएका थिए। उनको लगानी क्यासिनोमा मिटरब्याजमा पैसा लगाउने पनि रहेको बताइएको छ।

    लामालाई विभिन्न हत्या प्रयासमा संलग्न तथा फिरौतीमा पनि संगल्न रहेको अभियोग लागेको छ। उनी यसअघि दुईपटक पक्राउ परेर छुटेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…