• चार दिनपछि यस सिजनको विश्वकप फुटवल सुरु हुँदैछ । यस पटकको विश्वकपमा सबै देशहरुको दावेदार रहेकाले निकै रोचक रुपमा हेरिएको छ । विश्वकप फुटवलको मिति नजिकिदै गर्दा यसबारेका तथ्यहरु पनि सार्वजनिक भइरहेका छन् । जसले आम दर्शकलाई विश्वकपलाई बुझाउन थप मजवुद बनाउनेछ ।

    यस सिजनको विश्कप २१औं संस्करण हो । यस विश्वकपको पहिलो छनौट खेल १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच खेलिएको थियो । त्यस खेलमा पूर्वी टिमोरले ५–१ को जित हात पारेको थियो । उसले जित हात पारेपनि त्यो धेरै समय टिक्न सकेन । पूर्वी टिमोरले खेल्न योग्य खेलाडीहरु नखेलाएको सार्वजनिक भएपछि मंगोलियालाई विजेता घोषणा गरिएको थियो ।

    जानकारीका लागि यसपटक विश्वकपमा ३२ राष्ट्रहरु सहभागिता हुनेछन । तर २०२६ सालमा भने यो संख्या बढेर ४८ राष्ट्र पुग्ने अपेक्षा गरिएको छ । यो सिजनमा आइसल्याण्ड र पानामाले िविश्वकपमा डेब्यु गर्दैछन् । विश्वकपको यात्रा सुुरु भएपछि लगातार सहभागीता जनाउने एक मात्र टिम ब्राजिल हो । जसलाइ अहिले दाबेदार टिमको रुपमा लिइएको छ । सबैभन्दा बढी उपाधी हत्याउने टिम पनि ब्राजिल हो । उसले अहिले सम्म पनि पाँचपटक उपाधी हात पारिसकेको छ ।

    त्यस्तै ब्राजिल र इटालीले लगातार दुई विश्वकप जितेका देश हुन् । यसपटकको विश्वकप जर्मनीले जिते उ पनि लगातार दोस्रोपटक जित्ने टोली हुनेछ । ब्राजिलले सन् १८५८ र १९६२ तथा इटालीले १९३४ तथा १९३८ मा लगातार विश्वकप जितेको थियो । जर्मनी भने २०१४ को च्याम्पियन टोली हो । यसपालि पनि जर्मनीले जिते उसले पनि लगातार विश्वकप जित्ने टोलीमा आफुलाई दर्ज गर्न सफल हुनेछ ।

    जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा बढी गोल गर्ने टोली पनि हो । सन् २००६ मा उसले १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो । रुसका ओलेक साले विश्वकपको एक खेलमा सर्बाधिक गोल गर्ने खेलाडी हुन् । उनले १९९४ मा क्यामरुनविरुद्ध ५ गोल सम्म गरेका थिए ।

    २०१४ को विश्वकप झन्डै ३ दशमलव अर्ब मानिसहरुले हेरेका तथ्य सार्वजनिक भएको छ । तथ्यांक अनुसार यो सख्या विश्वको आधा हो ।
    आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो । उसको जनसंख्या ३ लाख ३४ हजार मात्रै छ ।

    सन् १९५८ यता पहिलो पटक इटाली यसविश्वकपमा छनोट हुन सकेन् । इटालीले १९३४, १९३८, १९८२ र २००६ गरि ४ पटक विश्वकप जितिसकेको छ । सन् १८८६ पछि पहिलो चोटी अमेरिकाले पनि यो विश्वकपमा स्थान बनाउन सकेको छैन । पानामाका राष्ट्रपतिले आफ्नो देश विश्वकपमा छनौट भएको उपलक्ष्यमा ११ अक्टुबरमा राष्ट्रिय विदा घोषणा गरेका थिए ।

    जतिपनि देशले अहिलेसम्म विश्वकप जितेका छन, ती सबै टोलीका प्रशिक्षक तिनै देशका छन । आयोजक रुस सोभियत संघ पछि अहिलेसम्म विश्वकपको समूह चरणसम्म पनि पुग्न सकेको थिएन् । तर, यसपटक घरेलु टोली भएकाले उसलाई कीर्तिमानी प्रदर्शन गर्ने मौका छ ।

    २०१८ को विश्वकप नाइजेरियाको छैटौं विश्वकप हो । यतिका पटक विश्वकपमा सहभागी जनाउने उ एक्लो अफ्रिकन टोली पनि हो । दक्षिण कोरिया १० औं पटक विश्वकप खेल्दैछ । यतिपटक विश्वकप खेल्ने एसियाली राष्ट्र उ मात्रै हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…