• काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढि खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गम्भिर आरोप लगाएका छन्।

    नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दावी पनि गरे। सोमबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघको एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्व राजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरेपनि सबैभन्दा बढि खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दावी गरे।

    नेता थापाले अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दावी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क पनि गरे।

    नेता थापाले हारको मानसिकता बोकेर काँग्रेस अघि बढन नसक्ने पनि स्पष्ट पारे। काँग्रेस नेतृत्वमा संविधान जारी भएको, निर्वाचन सम्पन्न भएको भन्दै अव संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढने दायित्व पनि काँग्रेसकै भएको नेता थापाको तर्क छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…