• २८ जेष्ठ २०७५
    भीमराज अधिकारी, पथरी
    नेपाल पत्रकार मञ्चको आयोजनामा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिदार्थ समुदायिक वन उपभोक्ता समूह सुन्दरहरैँचाको हलमा सम्पन्न कार्यक्रममा मोरङका डेड दर्जन पत्रकार सहित लाटिझोडा साझेदारी वनका कर्मचारी तथा पदाधीकारीहरुको उपस्थीति रहेको थियो ।
    कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत सल्लाहुदिन अन्सारीले वैज्ञानिक वन व्यवस्थापन र लाटिझोडा साझेदारी वनमा अहिले भइरहेका काम र वनका बारेमा जानकारी दिनुभएको छ । हाल यस वनमा सखुवा भन्दा पनि वढी करमा, अस्मा लगाएतका रुखहरु वढी मात्रामा रहेका छन् । यस्ता कुकाठहरुलाई हटाएर सखुवाको विरुवा लगाउने कार्य भइरहेको लाटिझोडा साझेदारी वन उपभोक्ता समूहका संयोजक रुद्र प्रसाद पोखरेलले बताउनुभयो ।
    झट्ट हेर्दा वैज्ञानिक वन व्यवस्थापन सरपत कटान जस्तो देखिए पनि त्यस्तो सरपत कटान नभएको तर विरुवा हुर्काउन भने केही कठिन रहेको लाटिझोडा साझेदारी वन उपभोक्ता समूहका सदस्य लाल बहादुर वस्नेतको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापनका बारेमा आम उपभोक्तालाई बुझाउन नसक्नु ठुलो सम्सयाका रुपमा रहेको बस्नेतले बताउनुभयो । विरुवाका लागि आवश्यक पर्ने वातावरण तयार गर्न र विरुवा हुर्काउन खुल्ला चरिचरण, विरुवा मर्ने, राम्रो संरक्षण गर्न नसक्नुले भनेजस्तो सजिलो वैज्ञानिक वन व्यवस्थापन नरहेको बस्नेतको बुझाइ छ ।
    औपचारिक कार्यक्रम सकेपछी लाटिझोडा साझेदारी वनका कुप नं. १, २ र ३ मा अवलोकन गरिएको छ । कुपहरुमा अनुगमनका क्रममा सखुवा भन्दा पनि करमाका विरुवाहरु वढी मात्रामा पाइएको छ । सखुवा नभएको स्थानमा विरुवा ल्याएर रोप्ने काम पनि भइरहको छ । २० देखि २५ वर्ष भित्रमा आम्दानी दिने भएकाले करमालाई पनि छिटो आम्दानी लिनका लागि भएपनि हुर्काउनुपर्ने बाध्यता रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…