• २८ जेष्ठ २०७५
    भीमराज अधिकारी, पथरी

    जेष्ठ २२ देखि २८ सम्म परेको १८ सरसफाइ सप्ताह विविध कार्यक्रमहरु गरी मनाइएको छ । देशैभरमा सञ्चालनमा रहेका सरकारी तथा गैर सरकारी संस्थाहरुले आ–आफ्नै ढंगले सप्तह मनाएका हुन् । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ ले भने वडा भरिका सार्वजनिक स्थानको सरसफाइ गरी विक्षारोपण गरेर मनाएको छ । वडाको मदन चोक, श्री मावि जातेँ र वडा कार्यालय अगाडी टिनको डस्वीन राखेको छ ।
    यसैगरी सरसफाइ सप्ताहकै अवसरमा वडामा रहेका ३ वटा विद्यालयमा विक्षारोपण गरिएको छ । श्री मावि जातेँ, शिक्षा ज्योती आधारभूत र वैजनाथ संस्कृत विद्यापिठमा स्वामीका विरुवा रोपेर सप्ताहको समापन गरिएको छ । सार्वजनिक स्थानमा वृक्षारोपण गर्दै वातावरण जोगाउन र सबैलाई विक्षारोपण गर्ने जनचेतना जगाउने अद्देश्यले यो कार्यक्रम गरिएको लेटाङ नगरपालिका उपमेयर कृष्ण कुमारी निरौलाले बताउनुभयो ।
    यो विरुवा रोप्ने मात्रै हैन यसको निरन्तर अनुगमन गरिने र प्रत्येक घरमा आगामी दिनमा वडाले विषेश कार्यक्रम नै लिएर जाने तयारी गरेको वडा नं. ९ का वडा अध्यक्ष कृष्ण प्रसाद लुइटेलले बताउनु भएको छ । वृक्षारोपण कार्यक्रममा लेटाङ नगर उप प्रमुख, वडा अध्यक्ष, सदस्यहरु, विद्यालयका प्र.अ, शिक्षकहरु, नागरिक अगुवा, समुदायिक वनका पदाधीकारी, इलाका वन जातेँका कर्मचारी लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…