• उर्लाबारी, २९ जेठ ।
    मोरङको उर्लाबारीलाई आज पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी उर्लाबारीलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेको छ ।
    नगर क्षेत्रका बालबालिकालाई शारीरिक तथा मानसिकरूपले सुरक्षित तुल्याउने उद्देश्यले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगर प्रमुख खड्ग फागोले बताउनुभयो । बाल विवाह रोक्न नगरपालिकाले २० बर्षपछि मात्र विवाह गर्न सन्देश प्रवाह गर्ने फागोले बताउनुभयो । भ्रुण हत्यालाई निरुत्साहित गरिने उल्लेख गर्दै फागोले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गरिने बताउनुभयो । सबै मिलेर उर्लाबारीलाई राम्रो नगरपालिका बनाउनुपर्नेमा जोड दिँदै नगर प्रमुख फागोले विकासविरुद्ध फैल्याइने झूठो अपवाहप्रति सचेत रहन समेत नगरवासीलाई आग्रह गर्नुभयो ।
    जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेलले उर्लाबारी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो । नेपालमा धेरै राजनीतिक क्रान्ति भएकोले अव विकासको क्रान्तितर्फ सबैजना लाग्नुपर्ने उहाँको भनाई थियो ।
    नगर प्रमुख फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख रामनन्द यादवले पनि बोल्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…