• झापा । मेचीनगर–५ कि रुपा मगर ३ दिन अघिसम्म स्टेजमा गएर बोल्न निकै धकाउथिन् । उनलाई के बोल्ने र कसरी बोल्ने भन्ने ज्ञानको अभाव थियो । तर, ३ दिनपछि उनी निर्धक्क बोल्न सक्ने भएकी छिन् ।
    सोही वडाकी दुर्गा पाठक पनि स्टेजमा गएर सहजै बोल्न सक्ने भएकी छिन् । विभिन्न संघ संस्थामा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आएकी पाठकले अबको दिनमा आफ्नो भाषणकला अझ मजबुद बनेको बताइन् ।
    रुपमा र दुर्गा त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता मेचीनगरका ५ का ५० जना महिला ३ दिनको उद्घोषण तालिम लिएपछि समाजिक क्षेत्रका जस्तासुकै कार्यक्रममा पनि सहज रुपमा बोल्न सक्ने भएका छन् । यो तालिमको अवसर जुराइदिएको थियो मेचीनगर नगरपालिका वडा नम्बर ५ ले । सफल उद्घोषक तथा महिला नेतृ कविता शर्माले ३ दिनसम्म सहजीकरण गरेको तालिममा सहभागि महिलाले समापनको अवसरमा आफुहरु अब बोल्न सक्ने र आफ्ना कुरा निर्धक्क राख्न सक्ने प्रतिक्रिया दिएका छन् । प्रशिक्षक कविता शर्माले पनि यहाँका महिला आमा दिदीहरुले सिक्न उत्सुक्ता भएका कारण सफलता प्राप्त गरेको बताइन् ।

    मेचीनगर ५ वडा समितिले आयोजना तालिमको मंगलवार समापन भएको छ ।
    २५ वटा टोल विकास समितिका ५० जना सहभागि तालिममा प्रशिक्षक कविता शर्माले प्रशिक्षण दिएकी थिइन् ।
    वडा अध्यक्ष योगेन थापाको प्रमुख आतिथ्यता तथा वडा सदस्य मेघराज गेलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक कविता शर्मा, पत्रकार देबु बानियाँ, स्वास्थ्यकर्मी हरि देवकोटा, वडा सदस्य चन्द्राकुमारी विक, दुर्गा देवकोटा, सहभागि दुर्गा पाठक, रुपा मगरलगायतले बोलेका थिए । कर्मचारी सपना काफ्ले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव पवित्रा बस्नेतले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…