• बाहुनडाँगी । महिलाहरुलाई उद्यमशिल बनाउने उदेश्यले मेचीनगर ४ झापाले एकै पटक दुई प्रकृतिको तालिम दिएको छ । शुभदिन महिला समूह मेचीनगर ४ का महिलाहरुलाई च्याउन खेती र माँ दुर्गा महिला समूहलाई गुडिया बनाउने तालिमको आयोजना गरेको हो ।
    मेचीनगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा यी दुवै तालिमको आयोजना भएको हो ।
    च्याउ खेती तालिममा समूहका ५२ जना सदस्यको सहभागि रहेको छ । तालिमको प्रशिक्षण च्याउ खेतीका अभियान्ता श्याम भट्टराईले गरेकासमूह की अध्यक्ष निता थापाले बताइन् ।
    यसैगरी, माँ दुर्गा महिला समूहको आयोजनामा ६ दिने गुडिया बनाउने तालिम पनि सञ्चालन भइरहेको छ । मेचीनगर ४ आमडाँगीमा सुरु भएको तालिममा समूहका ८५ जना महिलाहरुको सहभागिता रहेको छ । महिला सक्षमता विकास कार्यक्रम अन्तरगत रहेका यस क्षेत्रका प्राय सबै महिलाहरुलाई समेटेर यो तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष गंगामाया रञ्जितकारले बताइन् । वडा नम्बर ४ का वडा अध्यक्ष नविन बरालले यहाँका हरेक महिलाहरुलाई उद्यमशील बनाउने उदेश्यका साथ विभिन्न प्रकृतिका तालिमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा समेत अन्य योजनाहरुका साथ महिला केन्द्रीत कार्यक्रम अगाडी ल्याउन बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…