• मेचीनगर, जेठ २९ । बाल श्रम मुक्त नगर स्थापना गर्नका लागि दबाव स्वरुप एमनेष्टी इन्टरनेसनल समुह–२२ धुलाबारी र धुलाबारी युथ नेटवर्कले हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेका छन । अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवसको अवसरमा आज मेचीनगरका ५ वटा सामुदायिक विद्यालयमा हस्ताक्षर संकलन गरिएको युथ नेटवर्कका संयोजक विशाल काफ्लेले जानकारी दिनुभयो । नगर क्षेत्रका शहिद दशरथ चन्द मावि, बलभद्र जनता मावि, बाल सुवोधिनी आधारभुत विद्यालय, धुलाबारी मावि, र आदर्श माविका कक्षा ८,९ र १० मा अध्ययनरत ७ सय विद्यार्थीहरुको हस्ताक्षर संकलन गरिएको छ । सो हस्ताक्षर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई हस्तान्तरण गरिने युथ नेटवर्ककी सह–संयोजक आश्मा पौडेलले जानकारी दिनुभयो । हस्ताक्षर संकलन अभियानमा युथ नेटवर्कका संयोजक काफ्ले, सह–संयोजक पौडेल, समुह २२ का सदस्य तारा न्यौपाने, विष्णु कुमार निरौला लगायतको सहभागिता थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…