• देबु बानियाँ, झापा .
    बाहुनडाँगी जेठ ३०। झापाको बाहुनडाँगीमा हात्ती सुरक्षाका निर्माण गरिएको सोलार फेन्सिङ र स्थानीयको सुरक्षाका लागि करिडोर निर्माण हुने भएको छ । यो करिडोर निर्माणसँगै लामो समयदेखि हात्तीको समस्याबाट प्रताडित बाहुनडाँगीमा अब सुरक्षित तवरबाट जंगली हात्तीको दृष्य अवलोकन गर्न सकिने भएको छ । नेपालकै हात्ती आतंकबाट प्रताडित बाहुनडाँगीबासीले पछिल्लो समय सोलार फेन्सिङको निर्माणपछि केही राहत महसुस गरेका थिए । तर, हरेक दिन आउने हात्तीले उक्त सोलार फन्सिङ पनि पार गरेर नेपाल भित्रन थालेपछि यसको सुरक्षा र दृष्य अवलोकनका लागि मेचीनगर नगरपालिकाको सहयोगमा करिब १८ किलोमिटर उत्तरदक्षिणमा पर्ने मेची नदिको किनारमा करिडोर निर्माण हुने भएको छ ।
    केही दिन यता हरेक दिनजसो हात्तीको आतंक हुन थालेपछि स्थानीयको आग्रहमा मेचीनगर नगरपालिकाले आउँदो भदौ महिनादेखि करिडोर निर्माण कार्य सुरु गर्न लागेको हो । यो करिडोरको निर्माणसँगै एकातिर स्थानीयको जीउधनको सुरक्षा हुनेछ भने अर्काेतर्फ सुरक्षित रुपमा भारतबाट आएका हात्तीको प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । बर्खाको समयमा काम गर्न असहज हुने भएकाले भदौ महिना लाग्दै बाटो निर्माणको काम सुरु गर्ने मेचीनगर नगर प्रमुख विमल आचार्यले बताए । करिब ४० लाखको लागतमा निर्माण गर्न लागि उक्त करिडोर काँकरभिट्टास्थित घारी रेष्टुरेन्टबाट इलामको जिर्मलेसम्मको १८ किलोमिटर बाटो निर्माण गरिने प्रमुख आचार्यले बताए । उनका अनुसार निर्माण भएको बाटो ग्राभेल हुनेछ । बाटो निर्माणका लागि मेचीनगर नगरपालिकाले जिल्ला वन कार्यालयसँग समन्वय गरि काम अगाडी बडाउने उनले बताए । ‘यहाँ बाटोको अत्यन्तै आवश्यकता भएको छ’ नगर प्रमुख आचार्यले भने–‘यो समस्या बाहुनडाँगीबासीको मात्र नभएर सिङ्गो नेपालको समस्या हो । यसको दीर्घकालिन समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समेत समन्वय गरी व्यवस्थापन गर्नका लागि वजेट विन्योजन गरिनेछ ।’
    मेची किनारमा बाटो निर्माणले यस क्षेत्रको हात्ती सुरक्षामा राहत पुग्ने मानव हात्ती द्धन्द व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताए । ‘हामी यस समितिमा आउनु भन्दा अगाडी यो बाटो निर्माण हाम्रो मुख्य एजेण्डा रहेको थियो’ अध्यक्ष उप्रेतीले भने–‘ मेची किनारको बाटो निर्माण हुने कुराले सिंगो गाउँलाई राहत पुग्ने अपेक्षा गरेका छौँ ।’
    चार दशकदेखि हात्तीबा प्रताडित बन्दै आएको यस क्षेत्रमा २ वर्षअिघ सोलार फोन्सिङ जडान गरेपछि केही मात्रमा राहत भएको छ । तर, समय समयमा फेन्सिङनै पार गरेर आउने हात्तीले भने दुःख दिन नछोडेको स्थानीयबासी बताउँछन् ।
    मेचीनगर ४ का वडा अध्यक्ष नविन बरालले नगरपालिकाले केही वर्षभित्रमा दीर्घकालिन समाधानको बाटो खोज्ने बताए । उनले अहिलेका लागि अल्पकालिन समस्या समाधानका लागि यो बाटोले केही राहत पुग्ने बताउँदै यसलाई हालका लागि दोहोरो फाइदा लिन सकिने समेत बताए । एउटा जनधनको सुरक्षा र अर्काे हात्ती हेर्नका लागि सहज हुने उनको भनाइ छ । ग्रीन जेनेरशनका अध्यक्ष तथा पर्यटन अभियान्ता अर्जुन कार्कीले २०६६ सालदेखि नै प्रकृति संरक्षण नेपाल बाहुनडाँगीले यो योजना ल्याएको बताउँदै अहिले आएर मेचीनगर नगरपालिकाले कामको योजना अघि सारेको स्वागत योग्य रहेको बताए । उनले यहाँ बन्ने बाटोले दोहोरो फाइदा पुग्ने समेत बताए । पर्यटनको क्षेत्रमा काम गरिरहेका कार्कीले एकतिर जनधनको सुरक्षा हुने र अर्काेतर्फ यहाँ आएका पर्यटकहरुलाई सहज रुपमा दृष्यवालोकन गराउन सकिने बताए ।
    नेपालमा यतिबेला बाली पाक्ने बेला भएको छ । बर्खे धान तथा मकै खेती उठाउने बेला हो यो । यहि मौका पारेर भारतीय हात्ती नेपाल प्रवेश गर्ने गरेका थिए । हरेक वर्ष लगाइएको बाली हात्तीले नष्ट गरेपछि बाहुनडाँगीमा बाली समेत लगाउन छोडिएको थियो । यहि सिजनमा पारीबाट आउने हात्तीले दुःख दिने गरेको थियो । फेन्सिङ तारको जडानपछि सबैले आ आफ्नो खेतमा बाली लगाउन थालेका छन् । साँझ परेपछि भारतबाट मेची नदी १ सय देखि २ सय ५० सम्मको हुद्दामा हात्ती आउने गरेको बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन दर्जीले बताए । उनले ती आएका हात्तीलाई नेपाल प्रवेशमा रोक लगाउन बाहुनडाँगीबासी रातभर मेची खोलामा जाग्रम बस्नु पर्ने बाध्यता रहेको बताए ।


    भारतबाट निरन्तर हात्ती आउन थालेपछि जिल्ला वन कार्यालय झापाको टोली, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल काँकरभिट्टा, बाहुनडाँगी प्रहरी पोष्ट, सशस्त्र प्रहरी बाहुनडाँगीको टोली रातभर गस्तिमा मेची नदी जाने गरेका छन् । यसैगरी मेचीनगरपालिका मेयर विमल आचार्य समेत केही दिनयता निरन्तर रातको समयमा बाहुनडाँगी गइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…