• काठमाडौ । नेपाली चलचित्रमा नयाँ नयाँ नायिकाहरु आउने क्रम जारी रहेको छ । सिने जगतमा भबिष्य खोज्दै आएर २, ३ वटा चलचित्रमा खेलेर पलायन भएको हामीले थुप्रै देखिएका छन् । तर पछिल्लो समयमा थुप्रै निर्देशकको रोजाइमा परेकी नायिका हुन आयुष्मा खतिवडा । उनले उक पछि अर्काे चलचित्रमा अभिनय गदैअभिनय तथा नृत्यमा पोख्त आयुष्मा खतिवडा पनि यतिबेला सिने मैदानमा संघर्षरत छिन् । मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई सक्षम नायिकाको रुपमा उभ्याउन प्रयास रत खतिवडामा एउटी सक्षम नायिकामा हुनु पर्ने गुण झल्किन्छ ।

    आधा दर्जन म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल नायिका खतिवडाले ब्वाईफ्रेण्ड, जस्मिन, पसिना, काउँसो, एकलब्य, आदि चलचित्रमा काम गरिसकेकी छन् । ‘ब्वाईफ्रेण्ड’ प्रदर्शनको पर्खाईमा रहेको छ भने ‘जस्मिन’को डविङ्ग भैरहेको छ ।

    अहिले दिनरात मिहेनत गरिरहेकी उनि नेपाली चलचित्रका लागि निकै सम्भावना बोकेकी कलाकार हुन । परिवारको प्रेरणा, हौसला र सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउने खतिवडा यसै क्षेत्रमा केही गर्ने सोचका साथ संघर्षरत छिन् । चलचित्र ‘ब्वाईफ्रेण्ड’मा आयुष्मालाई नर्सको भूमिकामा देख्न सकिन्छ भने यसै चलचित्रले उनलाई उचाईमा पुराउन मद्दत गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…