• उर्लाबारी । उर्लाबारी—९ स्थित भोटेपुलमा देखाउन लागिएको विश्वकप फुटवलका लागि चाँहिने प्रोजेक्टर खरिदमा समाजसेवी सुन्दर श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ । गाउँमै आनन्दका साथ प्रोजेक्टर मार्फत विश्वकप हेर्न वातावरण मिलाउन श्रेष्ठले नगद ३० हजार आर्थिक सहयोग गर्नुभएको हो । कुलझोडा युवा समुह तदर्थ समितिका संयोजक कमल फ्याकका अनुसार श्रेष्ठले स्थानीय स्तरमा समाजिक काममा पनि उल्लेख्य योगदान पुर्याउदै आउनुभएको छ । उहाँ लगायत अन्य साथीभाईको सहयोगले विश्वकप हेर्ने वातावरणमा सहजता मिलेको फ्याकको भनाई छ ।
    समाजसेवी सुन्दर श्रेष्ठका अनुसार विश्वकप फुटवल हेर्न रातको समयमा अन्यत्र जानु नपरोस भनेर प्रोजेक्टरको लागि सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, नव खेलाडी भाई बहिनीहरुले विश्वकप फुटवल बाट केहि ज्ञान सिप र मनोरञ्जन प्राप्त गरुन भनेर पनि सहयोग गरेको हु ।
    यस्तै, अष्ट्रेलियाबाट भोटेपुलका युवाहरुबाट नगद २५ हजार सहयोग प्राप्त हुने फ्याकले जानकारी दिनुभयो । श्रेष्ठले यसअघि पनि स्थानीय खेलाडीको लागि खेलकुदका समाग्री सहयोग गर्नुभएको थियो । वल्र्डकप हेर्नका लागि यतिवेला स्थानीय युवाहरु जुटेका छन् । यतिवेला घेराबारा सहति टेन्ट टाघेर युवाहरुले खेल हेर्ने व्यवस्थित ठाउँ निर्माण गरेका छन् ।
    समुहका संयोजक कलल फ्याकले महिना दिन सम्म चल्ने वल्र्डकप देखाउदा जेनेटर लगायत बिभिन्न खर्चहरु आउने भएकोले सहयोगको अपेक्षा राख्नुभएको छ । क्लवले सामाजिक काम तथा खेलकुदका गतिविधी गर्ने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…