• चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताएका छन् ।

    चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई बुधबार प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘महासागरमा नुहाएर आएपछि पाप पखालिन्छ भने जस्तै विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ ।’

    पार्टी एकीकरणलाई अवसरको रुपमा लिदै गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका उनले राष्ट्रलाई समाजबाद तर्फ लैजान एकतावद्ध भएर काम गर्नुको विकल्प नभएको स्पष्ट पारे ।

    दुई कम्युनिष्ट पार्टी एक भयो भन्दैमा जनताले छुट नदिने भन्दै प्रचण्डले भने, ‘हिजो दुवै पृष्ठभुमिको पार्टीमा समस्या थियो, त्यतिबेलाका नराम्रो कुरासंगै गुट पनि लिएर आएका छौं, अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं, व्यक्तिगत स्वार्थका लागि मरि मेट्ने चिन्तन पनि हामीसंग छ, यसले न पार्टीको भलो गर्छ न देश र जनताको ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…