नुवाकोट । नुवाकोटको विदुरमा पेट्रालियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
पेट्रोलिय पदार्थमा मुल्यवृद्धि र कालोबजारीले सर्वसाधारण मर्कामा परेपनि सरकार गम्भिर नभएको भन्दै नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दोहन गरेको हो ।
प्रहरीलाई पटक पटक छलेर पुत्ला दहन गरेको नेविसंघले मुल्यबृद्धि फिर्ता गने माग गरेको थियो । पुत्ला दोहनको क्रममा नेविसंघ र प्रहरीबीच झडप समेत भएको थियो ।