काठमाडौं। ३३ किलो सुन तस्करी काण्ड र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले राजधानीका विभिन्न स्थानमा संचालनमा रहेको बाजेको सेकुवामा छापा मारेको छ। समितिले बुधबार नक्साल गौरीधारास्थित शाखासहित ६ वटा शाखामा समितिले छापा मारेको हो। बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी भने फरार छन्।
उनलाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो। सुन तस्करीमा संलग्न भएको अभियोगमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ।
अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानी कर्ता मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलेर्सको तीन वटा शाखामा छापा मारेको थियो।