• एजेन्सी। फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेसीले आफ्नो करियरमा कयौं उपलब्धि हासिल गरेका छन्। तर मेसीको नेतृत्वमा उनको टीमले विश्व कपको उपाधि भने जित्न सकेको छैन। बिहीबारदेखि सुरु हुने फिफा विश्वकपमा अर्जेन्टिनाको टीमलाई मेसीले यो पटक विश्व कपको उपाधि जिताउने धेरै आशा छ। यदि मेसीले यो पटक विश्वकपको उपाधि जिताउन सफल भए भने उनी आफ्नो देशका गिग्गज फुटबलर डिएनो म्याराडोनाको समान हैसियत बनाउनेछन्।

    म्याराडोनाको कप्तानीमा अन्तिम पटक अर्जेन्टिनाले १९८६ मा विश्व कपमा कब्जा जमाएको थियो। त्यसपछि अर्जेन्टिना अहिलेसम्म विश्व कप च्याम्पियन बन्न सकेको छैन।

    विश्वकपमा अर्जेन्टिनाको गौरवशाली इतिहास छ। यो दक्षिण अमेरिकी देशले जम्मा १६ पटक विश्व कपमा भाग लिएको छ। र, दुई पटक विश्व कपको उपाधि पनि जितेको छ। जबकि दुई पटक उसले फाइनलमा पुगेर पनि पराजयको सामना गर्नुपरेको थियो। ब्राजीलमा २०१४ मा भएको विश्व कपको फाइनलमा अर्जेन्टिनाले मेसीको नेतृत्वमा शानदार प्रदर्शन गरेको थियो। तर फाइनलमा उ जर्मनी विरुद्ध ०–१ गोल अन्तरले पराजित भयो। त्यस बाहेक १९९० मा विश्व कपमा अर्जेन्टिनाले पश्चिम जर्मनी विरुद्धको खेलमा पनि ०–१ गोल अन्तरले पराजित भएको थियो।

    अर्जेन्टिना पहिलो पटक आफ्नो घरेलु मैदानमा भएको खेलमा १९७८ मा डेनियल पासारिलाको नेतृतवमा विश्व कपको उपाधिमा कब्जा जमाएको थियो। तर, १९८६ मा विश्व कपको उपाधि जित्नु फुटबल प्रशंसककालागि स्मरणीय रह्यो। १९८६ को विश्व कपमा विश्वले डिएगो म्याराडोनाको जादुमयी खेल देखे र उनकै नेतृत्वमा अर्जेन्टिनाले दोस्रो पटक विश्व कपको उपाधि जितेको थियो।

    म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले विश्वकमा आफूभन्दा बलियो टीमलाई पराजित गरेको थियो। इंल्याण्ड विरुद्ध क्वार्टर फाइनल खेललाई आज पनि म्याराडोनाको जादुकालागि स्मरण गरिन्छ। म्याराडोनाको पहिलो गोलले धेरै चर्चा पायो। उनी बक्सभित्र थिए र हेडर प्रहार गर्ने प्रयास गर्दै गर्दा बल उनको हातमा लागेर बल गोलपोस्ट भित्र छिर्यो। तर, यो रेफ्रीले देखेनन् र अर्जेन्टिनाले १–० गोल अन्तरले अग्रता लियो। उक्त गोललाई आज पनि ‘गड अफ ह्याण्ड’ ले चिनिन्छ। ‘गड अफ ह्याण्ड’ पछि अर्जेन्टिनाका जादुगरले हाफ लाइनबाट बलसँगै पूरै इंल्याण्डको टीमलाई छक्याउँदै विश्व कप इतिहासको सबैभन्दा सुन्दर गोल गरे।

    मेसी र म्याराडोनाबीच सधैं तुलाना हुनेगर्छ।  पाँच पटक विश्वको सर्वश्रेष्ठ फुटबल खेलाडी चुनिएका मेसी केवल विश्व कप उपाधि जिताउने विषयमा भने म्याराडोनासँग तुलना हुन सकेको छैन। ब्राजीलजस्तै यो पटक अर्जेन्टिनाको टीमसँग पनि धेरै राम्रा खेलाडी छन्। अर्जेन्टिनासँग फारवर्ड लाइनमा मेसी, सर्गियो अगुएरो, गोंजालो हिगुएन र पाउलो डेबाला जस्ता विश्व स्तरीय खेलाडी छन् जो कुनै पनि अवस्थामा गोल गर्न समक्ष छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…