• काठमाडौं, ३१ जेठ । सर्वाधिक खोजीको सूचीमा रहेका ३३ किलो सुन काण्डका मुख्य आरोपी चुडामणि उप्रेति उर्फ गोरेले प्रहरी समक्ष आत्मसमर्पण गर्नाको मुख्य रहस्य फेला पारेको छ ।

    गृहमन्त्रालयले सुन काण्डको बारेमा अध्ययन अनुसन्धान गर्नका लागि मन्त्रालयका सहसचिव इश्वरीप्रसाद पौडेलको संयोजकत्वमा एउटा समिति बनाएर छानविन सुरु गर्यो ।

    त्यसपछि छानविनका क्रममा प्रहरीका अवकास प्राप्त डिआइजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवस लोहनी, डिएसपी प्रजित केसीसहितका प्रहरी अधिकारी र अन्य गरी ६३ जना पक्राउ परे । त्यसपछि उनीहरुको बयानका आधारमा सुन तस्करीका मुख्य नाइके गोरे भएको खुल्यो ।

    तर, गोरेलाई पत्ता लगाउन प्रहरीले सकेन । त्यसपछि प्रहरीले गोरेका विषयमा इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्यो ।

    नेपालमा पक्राउ पर्ने डरले भारतमा बसेका गोरेलाई डिफ्युजन नोटिस जारी गरेपछि त्यहाँ बस्न पनि गाह्रो भयो । नेपाल आएर काठमाडौंस्थित आफन्तको घरमा केहि दिन बसे । तर, आफ्नो जीवनको असुरक्षा महसुश उनले गरिरहे । प्रहरीले इन्काउन्टरका रुपमा मार्ने डर गोरेलाई थियो ।

    त्यसपछि उनले आफ्नो ज्यान बच्ने निश्चित भएपछि आत्मसमर्पण गर्ने निधो गरे । र श्रीमतिलाई राजनीतिक रुपमा बाटो तय गर्नका लागि सुझाए ।

    श्रीमानको आग्रहपछि गोरेकी श्रीमति राजनीतिक पावर लगाउनका लागि लागिन । घर मोरङ भएका गोरेकी श्रीमतिको माओवादीका तर्फबाट राष्ट्रियसभा सांसद विनु पोखरेलसंग सामान्य नाता पथ्र्यो ।

    श्रीमति तिनै विनुलाई भेट्न उनको घरमा पुगिन । उनको घरमा गएर श्रीमतिले आफ्नो श्रीमानको ज्यान बचाइदिन अनुनय विनय गरिन ।

    विनुका श्रीमान सावित्री कुमार काफ्ले तत्कालिन माओवादीका प्रदेश नं १ का इञ्चार्ज थिए । त्यतिमात्र होइन, उनी पहिला माओवादी छोडेर अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल संग संगै बैद्य माओवादीमा गएका थिए । र, पछि उनीसंगै फर्किएका थिए ।

    स्रोतका अनुसार थापाका विश्वासपात्र काफ्लेलाई श्रीमति विनुले गोरेको ज्यान बचाइदिन गृहमन्त्रीलाई भनिदिन आग्रह गरीन । त्यसपछि श्रीमतिको भनाई अनुरुप काफ्ले मन्त्री बादललाई भेट्न पुगे ।

    र, गोरेका बारेमा बेली विस्तार लगाए । ज्यानको सुरक्षा हुने भएपछि गोरे आत्मसमर्पण गर्न राजी भएको र त्यसको जिम्मा आफुले लिने काफ्लेले बताए । यति भएपछि मन्त्री बादललाई के चाहियो । उनलाई सुन काण्डमा आफु सफल हुनु थियो ।

    गोरेलाई पक्रनु नै आधा सफलता हात लागेको हुने बादलले निष्कर्ष निकाले । त्यसपछि काफ्लेका अगाडि नै प्रहरी महानिरिक्षकलाई टेलिफोन गरी गोरे आत्मसमर्पण गर्न तयार रहेकोले त्यसका लागि तयारीमा जुट्न निर्देशन दिए ।

    त्यो संगै उनले गोरेको जिवन कुनै पनि हालतमा तल माथि हुन नहुने, भए आफुले कसैलाई पनि नछोड्ने कडा निर्देशन दिए । त्यसको अर्को दिन विहान प्रहरीले गोरेलाई पक्राउ गरेको जानकारी दियो ।

    उनलाई प्रहरीले पक्राउ गरेको नभई गोरे आफ्नो जिवनको सुरक्षा हुने ज्ञारेन्टी भएपछि आत्मसमर्पण गरेका हुन् । गोरेलाई प्रहरीले जिल्ला अदालत मोरङमा उपस्थित गराइसकेको छ ।

    उनको बयान सकिएको छ । बयान सकिएपछि गोरेलाई थप अनुसन्धानका लागि काठमाडौंको सेन्ट्रल कारागारमा राखिएको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…