• काठमाडौं। नवगठित नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन युवा संघ र वाइसिएलले एक हप्ता भित्र एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेको छ।  तत्कालीन एमालेको युवा संघ, नेपाल र तत्कालीन माओवादी केन्द्रको वाइसिएलको एकता कार्यदलको बिहीबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक हप्ता भित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो।

    एक हप्ता भित्र दुवै संगठनको एकता प्रक्रियालाई टुंगाउने गरी कार्यदल स्तरमा छलफल भइरहेको वाइसिएल नेपालका अध्यक्ष दिप शिखाले जानकारी दिए।

    कार्यदलको बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठानिक संरचनाको विषयमा छलफल सुरु गरिएको छ। अध्यक्ष शिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सृजना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निष्कर्ष निकालिएको बताए। दुवै संगठनको बुधबार बसेको उच्च स्तरीय बैठकले संगठनको विधान र सांगठनिक संरचना तय गर्ने जिम्मेवारी एकता कार्य दललाई दिने निर्णय गरेको थियो।

    सोही निर्णयको आधारमा बिहीबार वाइसिएल नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकता कार्य दलले एकीकरणको समग्र विषयमा छलफल सुरु गरेको हो।

    एकीकृत संगठनको नाम सम्भवतः नयाँ रहनेमा आम सहमति हुने वाइसिएलले दाबी गरेको छ। तर, युवा संघले भने युवाहरुको प्रतिनिधित्व गर्ने संगठन भएकाले यसको नाम युवा संघ, नेपालनै राख्न उपयुक्त हुने तर्क गर्दै आएको छ। दुवै संगठनले एकीकरणको प्रारुप तयार पारेपछि पार्टीले त्यसलाई अनुमोदन गर्नेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…