• मस्को। फिफा विश्व कप २०१८ बिहीबारदेखि रुसमा सुरु हुँदैछ। मस्कोको लुझनिकी स्टेडियममा उद्घाटन सहारोहको तयारी पूरा भइकसकेको छ। ८० हजार दर्शक  क्षमता भएको यो स्टेडियममा ५०० कलाकारले आफ्नो प्रस्तुती दिने छन्। स्टेडियमको सुरक्षार्थ ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। लडाकु विमानको एक टुकडी जस्तोसुकै परिस्थितिको सामना गर्न तयारी अवस्थामा राखिएको छ।

    ओपनिङ सेरेमनीमा महान ब्राजीलियन फुटबलर पेले खराब स्वास्थ्यका कारण उपस्थित नहुने भएका छन्। यद्यपी रोनाल्डो भने ओपनिङ सेनेमनीमा उपस्थित हुने भएका छन्।

    उद्घाटन समारोहमा इंल्याण्डका पप स्टार रबी विलियम्स र स्पेनका ओपेरा सिंगर प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुनेछन्। यसबाहेक सिंगर जुआन डिएगो फ्लोरेज र रुसी ओपेरा सिंगर गरीफुल्लिनाले पनि आफ्नो प्रस्तुती दिने भएका छन्।

    विश्व कपमा ३२ टीमले भाग लिँदैछन्। यी टीमलाई ४–४ ग्रुपमा विभाजन गरिएको छ। प्रत्येक ग्रुपबाट २–२ टिम नकआउट चरणमा पुग्नेछन्। आइसल्याण्ड र पनामा विश्व कपमा डेब्यू गर्न गइरहेका छन्। पहिलोपटक विश्व कपमा भिडियो रेफरल प्रणाली अपनाइएको छ।

    विश्व कपको इतिहासमा कुनै पनि आयोजक देशले उद्घाटन खेल जित्न सकेको छैन। सोभियत संघको भाग हुँदा रुसले १९७० मा म्याक्सिकोमा भएको विश्व कपको उद्घाटन खेल खेलेको थियो। उक्त खेल बराबरी भएको थियो।

    रुस : १९६६ मा रुसको टिम सेमिफाइनलसम्म पुगेको थियो। त्यसपछि उसको प्रदर्शन निरन्तर बिग्रिरहेको छ। २००६, २०१० मा रुस विश्वकपकालागि क्वालिफाई गर्न सकेन। र २०१४ मा टीम ग्रुप स्टेजबाटै बाहिरियो। रुसले २००२ देखि विश्व कपको एउटा पनि खेल जितेको छैन।

    साउदी अरब : यो टीमले २१० र २०१४ मा विश्व कपमा ठाउँ बनाउन सकेन। साउदी अरबको विश्व कपमा सबैभन्दा राम्रो प्रदर्शन १९९४ मा थियो। जब उ प्री–क्वार्टर फाइनलसम्म पुगेको थियो। साउदीले १९९८ देखि विश्व कपका कुनै पनि खेल जित्न सकेको छैन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…