एजेन्सी – आजबाट सुरू हुन लागेको विश्वकप फुटबलको उद्घाटन खेलमा बिरालोले रूसले जित्ने भविष्यवाणी भएको छ । ‘एकिलिज’ नामको बहिरो सेतो बिरालोले उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको हो। बुधबार बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताइएको हो ।
दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। आज राति पौने ८स्४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपको पहिलो खेल खेल्दैछन् ।