ताप्लेजुङ । ताप्लेजुङमा एक पुरुषलाई श्रीमती बलात्कार गरेको अभियोगमा तीन वर्षको जेल सजाय र ५० हजार जरिवाना गरिएको छ ।
जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीको बुधबारको इजलासले श्रीमती बलात्कार गरेको आरोपमा एक श्रीमानलाई ३ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएको हो ।
पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए नेपाल सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको छ ।
नाम सार्वजनिक गर्दा पीडित समेतलाई असर गर्ने भएकाले पीडिक र पीडितको नाम भने गोप्य राखिएको छ । फुङलिङ नगरपालिकाका उनीहरु फक्ताङलुङ गाउँपालिका बस्दै आएका थिए ।