• राक संवाददाता
    जेठ ३१, विराटनगर

    स्थानिय तहमा भएको कुनै पनि विषयको विवाद टुंगो लगाउने अधिकार उपमेयरको संयोजत्वमा गठन भएको न्यायीक समितिलाई हुने गर्दछ । त्यसमा चित्त नबुझे संवन्धित जिल्लाको अदालतमा समेत पुरानावेदन गर्न सक्ने संवैधानिक व्यवस्था रेहको छ ।
    तर उक्त प्रवाधन विपरित विराटनगर महानगरपालिकाको प्रशाशकिय अधृकित कुमारप्रसाद दहालले ठडो निर्देशन दिदै विराटनगर ११ निवासी लिलादेवी शाहले भोगचलन गर्दै आएको घर भत्काउन लगाएका छन् ।
    विना आदेश आफनो घर भत्काउन खोजको भन्दै पिडित साहले जेठ ६ गते महानगरको कानुन शाखामा उजुर समेत गरेको थिईन । कानुन शाखाले न्यायीक समिति मार्फत विवाद टुंगो लगाउन निवेदक र विपक्षीलाई उक्त निवेदनको प्रतिउत्तर समेत दिएको थियो ।
    तर उक्त विवादको विषयलाई न्यायीक समितीका संयोजक समेत रहेकी उपमेयर ईन्दीरा कार्की समक्ष जानकारी नै नगराई महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाहलले जेठ २२ गते जिल्ला प्रहरीलाइ आर्को पत्र काटि घर भत्काउन ठाडो निर्देशन गरे ।

    कानुनी उपचारवाट आफुलाई वाईपास गरी आफनो घर भत्काउने खोजीएको भन्दै लालीदेवीकी पति ओवधविहारी शाहले महानगर समक्ष असन्तुष्टी समेत व्यक्त गरे । पति ओवधविहारी शाहले उक्त घर जग्गाको विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा दर्ता भईसकेकाले घर भत्काउने कार्यलाई सिघ्र रोक्नु पर्ने सरोकारवाला निकायसमक्ष अनुरोध समेत गरेका छन ।



    कसरी भयो घर जग्गा विवाद ?

    विराटनगर ११ कैशलिया रोडस्थित लिलादेवी साहको घर; जग्गा स्वामित्व विवादका कारण केहि वर्ष देखि विवादित हुदै आएको थियो । उक्त घर निर्माण भएको जग्गामा विराटनगरकै दुखी पासवानले आफनो स्वामित्व रहेको भन्दै आदलतमा मुद्दा समेत गरेको थिए ।
    जिल्ला अदातल मोरगले २०७० साल र तत्कालीन पुनारावेदवन अदालत विराटनगरले २०७१ सालमा पासवानको पक्षमा फैसाल गर्दै जग्गाको स्वामित्व पासवानलाई दिन निर्देशन गरेको थियो ।
    तर उक्त फैसालामा घरको विषयमा केहि नभनिएकाले घरको क्षतिपुर्ति दिनु पर्ने वा अर्को फैसाल पखिर्नु पर्ने शाह पक्षको तर्क रहदै आएको छ ।जग्गा किचोलोको विषयमा केहि थाहा नहुदै २०६७ सालमा भरतचन्द पौडेलसंग आफुले जग्गा किनेको शाहको जिकिर छ । अवोध विहारी भन्छन् ''मैले २०६७ सालमा भरतचन्द पौडेलसंग जग्गा किनेको थिए त्यसवेला मलाई जग्गा विवादका वारे केहि थाहा थिएन, पछि आएर आक्सासी मुद्दा परेपछि फसिएछ भन्ने थाहा भयो ।''
    पौडेले पनि दुखी पासवानको परिवारसंग सहमतीमै २०४२ सालमा जग्गा कनेको तर पछि आएर दुखी पासवानले अंशको विवाद निकाल्दै अदालतमा उजुर गरेको पौडेलको भनाई छ । हाल पौडेल र शाह द्धयले सार्वोच्च अदातलमा उक्त विषयमा मुद्दा दर्ता गराएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…