• दिनेश खड्का
    ३१ जेठ, विराटनगर
    काठ तस्करी गरेको आरोपमा सशस्त्र प्रहरीे संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ ।
    डिएसपीकै कमाण्डमा शसस्त्रकै गाडी प्रयोग गरी जेठ २२ गते काठ तस्करी गर्दै संखुवासभावाट ईटहरी लैजादै गरेको अवस्थामा नेपाल प्रहरीले धनकुटामा रंगेहात पक्राउ गरको थियो ।
    अब्बल राजनितिक पहुच र खुरापात दिमाग भएका भण्डारीले डिएसपीको टाईटल प्रयोग गरी घटनाको प्रमाणहरु मेटाउन सक्ने आकंंलन गर्दै शसस्त्र प्रहरी मुख्यालयले उनलाई तत्कालको लागी निलम्बन गरेको हो ।
    उनीसगै घटनामा संलग्न शसस्त्र प्रहरीको अन्य ३ जना जवानलाई पनि तत्कालको लागि निलब्न गरिएको छ । अनुसन्धान प्रक्रिया पुरा नुहुन्जेल कसैको पनि पुर्नवाहाली नहुने मुख्यालयले जनाएको छ ।

    सरोकारवालाको उच्च निगरानी, उनमुक्ति पाउन कठिन

    डिएस्पी भण्डारीको नेतृत्वमा नै काठ तस्कारी हुने र त्यस वापत भण्डारीले मासिक लाखौं पैशा कमाउने गरेको घटना प्रति हाल जनचासो बढ्दै गएको छ । यस्तो राज्य विरुद्धको गम्भीर अपराधमा संलग्न हुने उच्च पदस्थको प्रहरी अधिकारीलाई राज्यले कारवाही गर्छ कि गर्दैन् , त्यसको परिणाम हेर्न अहिले आम नागरिक आतुर छन् । घटना प्रति जनचासो बढेसगै अहिले ''डिएसपी एण्ड स्मग्लीङ'' प्रकरणलाई समाजका हरेक तह र तप्काका व्यक्तित्वहरुले गम्भिरतार्पुवक निहालीरहेका छन् , अनुसन्धान गरिरहेका छन् ।

    यो प्रकरणले प्रदेश नं १ को सदनमा समेत प्रवेश पाईसकेको छ ।  जेठ २५ गते प्रदेश नं १ को सदनको सुन्य समयमा बोल्दै संखुवासभाका सासंद तुलसीप्रसाद न्यौपानेले बन तस्करीमा संलग्न जो कोहीलाई पनि संसक्त कारवाही गरिनु पर्ने धारणा राखेका थिए । सदनमा सासंद न्यौपानेले उक्त तस्करी विषयमा हाल भईरहेको अनुसन्धान प्रति शंका समेत प्रकट गरेका थिए । सशस्त्र प्रहरीभित्र भएको अपराधको अनुसन्धान सशस्त्रले गर्दा तथ्य बाहर नआउने भन्दै उनले सदनमार्फत संघिय तथा प्रदेशको गृह मन्त्रालयलाई विषेश अनुसन्धान टोली बनाउन समेत सुझाव दिएका थिए ।उक्त तस्करीमा विभिन्न व्यापारीहरु र अन्य उच्च पदस्थ व्यक्तित्वहरुको नाम समेत आएका सवैलाई संगठीत अपराधको धायरामा ल्याउनु पर्ने सासंद पोखरेलले धाराणा समेत व्यक्त गरेका थिए ।
    त्यस्तै प्रतिपक्षि दलका अन्य सासदले समेत यो विषयलाई जोरदार हिसाबले सदनमा उठाउने तयारी गरिरहेका छन् । एक प्रतिपक्षि सासंदका अनुसार ठुला ठुला पहुचवाला नेता तथा प्रहरीका उच्च पदस्थ कर्मचारी डिएस््पी भण्डारीलाई संरक्षण गर्ने तिर लागीहरेको वताएका छन् । आसन्न बैठकहरुमा सो कुरा सशक्त ढंगले उठान गरिने प्रतिपक्षिहरुले जिकिर गरेका छन् ।
    सो विषयमा जनचासो बढ्दै गएकाले पत्रकारहरु पनि यस विषयको गहिरो अध्ययन गरिरहेका छन् । पत्रकारहरुले भण्डारीलाई उनमुक्ति गर्न को को लागी रहेका छन् र संगठनभत्रि कसले संरक्षण गरिरहेको छ ? त्यसको समेत सुक्ष्म अध्ययन गरिरहेका छन् । हाल डिएसपी निलम्बत छन् तर यतीले मात्र संगठनले मुक्ति पाउने छैन् । किने भने घटनामा प्राप्त भएको प्रमाणले सरासर भण्डारीलाई दोषी देखाएको छ र यसको न्यायपुर्ण नतिजा बाहिर नआउन्जेल सरोकारवालहरु भिंगा भन्एिको झैं संगठनको बरिपरी भन्किरहेने छन् । तसर्थ यस्तो अवस्तामा प्रहरीको उच्च पदस्थको अधिकारी वा उच्च राजनितिक पहुच राख्ने व्यक्तिले पनि उनलाई सहजै उनमुक्ति दिने अवस्था छनै । संरक्षण गर्ने कसैले खोजै सजिलै सरकारवालको जालो फास्ने अवस्था समेत सिर्जना भएको छ ।

    related news :

    तस्करीको आरोपमा सशस्त्र डिएसपी भण्डारी बाहिनी तानिए


    तस्करीको विषयमा म आफै ईन्भेष्टिगेशन गर्छु : सशस्त्र डिआईजी मन्दिप

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…