• मस्को — विश्वकप फुटबलमा आयोजक राष्ट्रको सफल सुरुआतलाई निरन्तरता दिँदै रुसले फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा  साउदी अरेबियालाई ५-० ले पराजित गरेको छ ।

    राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रुसले १२ औं मिनेटमा अग्रता लियो । युरी गाजिन्सकीले एलेक्जेन्डर गोलोभिनको क्रसको सदुपयोग गर्दै हेडर गोलमार्फत घरेलु टोलीलाई अगाडि बढाएका थिए ।


    पहिलो हाफको अन्त्यतिर डेनिस चेरेसेभले रुसको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका चेरेसेभले डिफेन्सलाई पेनाल्टी क्षेत्रभित्र छलाउँदै उत्कृष्ट गोल गरेका थिए । २३ औं मिनेटमा एलन जागोएभको तिघ्रामा चोट लागेपछि उनी मैदान प्रवेश गरेका थिए ।


    दोस्रो हाफमा पनि रुसले पहिलो हाफको लयलाई कायम राख्दै साउदीमाथि दबाब कायम राख्यो । रुसको अग्रता बढाउन फेरिपनि अर्का वैकल्पिक खेलाडीले गोल गरे ।


    फरवार्ड आर्टेम ज्युबाले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरे । युवा गोलोभिनकै क्रसमा उनले हेडर गोल गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा चेरेसेभले रसियाको लागि चौथो गोल गर्दा गोलोभिनले उत्कृष्ट प्रदर्शनको अन्त्य गोलसँगै गरे ।


    गोलोभिनले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…