• विश्वकप फुटबल प्रतियाेगिताअन्तर्गत शुक्रबार समूह ‘बी’मा रहेका माेरक्काे र इरान भिड्दैछन् । एसियन राष्ट्र इरानले अफ्रिकन राष्ट्र मोरक्कोकाे सामना गर्नेछ ।

    प्रतियाेगिताकाे पहिलाे खेलमै एसियाकाे प्रतिनिधि गर्ने साउदी अरब ठूलाे गाेलअन्तरले पराजित भएकाले इरानलार्इ त्यसकाे दबाब रहन सक्छ ।

    तर, दबाब चिर्दै अाफ्नाे स्वभाविक खेल देखाउन इरान तयार रहेकाे प्रशिक्षककाे भनाइ छ ।

    इरानको बलियो रक्षापंतीलाई चिर्ने चुनौती मोरक्कोलाई रहँदा यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

    मोरक्कोले पनि अफ्रिकन छनोटमा सनसनीपूर्ण नतिजा निकाल्दै विश्वकप अभियानमा रहेकाले स्वभाविक रूपमा पहिलो खेलमा जित निकाल्नुपर्ने चुनौती छ ।

    तर, सदावहार एसियन सहभागीको छवि बनाउँदै आएको इरानले ब्राजिल विश्वकपमा अर्जेटिनाविरुद्ध गरेको प्रदर्शन धेरैले सम्झने गरेका छन् ।




    समग्रमा मोरक्को र इरानबीचको खेल दुईमध्ये एक टिमले जितेमा भने समूहका अन्य प्रतिद्वन्द्वहरू पोर्चुगल र स्पेनमाथि दबाब बढ्नेछ ।

    समूहका शीर्ष दुईले अघिल्लो चरणमा स्थान बनाउने भएकाले पहिलो खेलको तीन अंक दुवैका लागि उत्तिकै महत्वपूर्ण छ ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…