• ३ असार २०७५
    भीमराज अधिकारी, पथरी

    परिवर्तनका संवाहक कार्यक्रमको हिजो विहिबार अनुगमन गरिएको छ । मोरङको लेटाङ ९ जातेँमा सञ्चालन भइरहेको २ महिने यो कार्यक्रममा लैंगिक समानता र बालमैत्री अधिकारका विषयहरुमा छलफल तथा पढाइ हुने गरेको छ । हिजो वडाका जनप्रतिनिधिहरु, विद्यालयका प्रअ, शिक्षक, सञ्चारकर्मी, सिएसडिसी प्रतिनिधि, लगाएत अभिभावक सहतको टोलीले केन्द्रको निरिक्षण तथा अनुगमन गरेको छ ।
    यो कक्षा विद्यालयको भन्दा विलकुलै फरक भएका कारण व्यवहारिक ज्ञान पाएको सहभागी प्रितिका भटटराइले बताइन् । यो कक्षामा सहभागी भएपछि आफ्ना कुराहरु निर्धक्कसंग राख्न सक्ने भएको सहभागी आचल लिम्बूले बताएकी छन् । यो कक्षामा सहभागी भए पश्चात व्यवहारमा सकारात्मक परिवर्तन आएको अभिभावक देबि प्रसाद भट्टराइको भनाइ छ ।
    श्री मावि जातेँका प्रअ खेमराज दुलालका अनुसार बालिकाहरुले यो कक्षा लिएपछि हरेक कुरामा अगाडी बढ्ने, आफ्ना अधिकारहरुको खोजी गरी काम गर्ने, हरेक मिटिङ, बैठकमा सहभागी हुने गरेका छन् ।
    बालिकाहरु हरेक कार्यक्रममा सक्रिय हुने गरेको अभिभावक तथा शिक्षक कासीराज तिम्सिनाको भनाइ छ । वडासंगको सहकार्यमा कार्यक्रमलाई आगामी दिनमा पनि निन्तरता दिनुपर्ने र आवश्यक सहयोग वडाले गर्ने वडा अध्यक्ष कृष्ण प्रसाद लुइटेलले बताउनुभयो ।
    मानव अधिकार तथा वातावरण मञ्च फरेन विराटनगरको आयोजना र प्लान नेपालको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालनमा रहेको फरेन सुपरभाइजर अर्जुन बास्तोलाले जानकारी दिनुभएको छ । बैशाख १५ गते देखि सुरुभएको कार्यक्रम असार १५ गते सम्म चल्ने छ । सहभागिहरुले भने अझै समय थप गर्न माग गरेका छन् । १५ जना बालिकाहरु सहभागी रहेको कक्षा प्रत्येक शनिबार १२ देखि ३ बजे सम्म चलिरहेको छ । कक्षाको सहजीकरण स्थानिय पूजा भट्टराइले गरिरहनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…