• उर्लाबारी / क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङले मोरङको उर्लाबारी – ६ स्थित आर.के. इण्डष्ट्रिज प्रालीले उत्पादन गर्दै आएको ओजन पानी उद्योगमा शुक्रबार दिउँसो सिलबन्दी गरेको छ ।
    सो पानी उद्योग मापदण्ड बिपरित सञ्चालन भईरहेको पाईएपछि सिलबन्दी गरिएको कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिनुभयो । क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय मोरङसहित जिल्ला प्रशासन कार्यालय मोरङ र पानी व्यवसायी संघ मोरङको टोलीले पानी उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित भेटिएपछि उद्योगमा सिलबन्दी गरिएको हो ।

    ओजन पानी उद्योगले न्युनतम मापदण्ड समेत पुरा नगरी पानी उत्पादन गर्दै आएको भेटिएपछि सिलबन्दी गर्नुपरेको खाद्य निरीक्षक अर्यालले बताउनुभयो । ओजन पानीमा लेदो भेटिएपछि दुई दिन अघि स्थानीय एक उपभोक्तले इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिखित उजुरी दिएका थिए ।

    सो उजुरीलाई जिल्ला प्रशासन कार्यालयले क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो । पटक – पटक अनुगमन गर्ने क्रममा पनि ओजन पानी उद्योगले समान्य मापदण्ड पनि पुरा नगरेकाले उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङका नायव सुब्बा केदार घिमिरेले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…