• एजेन्सी। जारी विश्वकपमा अर्जेन्टिना उपाधिको बलियो दावेदारको रुपमा मैदानमा उत्रिँदैछ । १९७८ देखि अहिलेसम्म खेलिएका नकआउट खेलमा १९.७ प्रतिशत नतिजा पेनाल्टी शुटआउटबाट आएका छन् । विश्वकपमा सबैभन्दा धेरै पटक पेनाल्टी शुटआउटसम्म पुग्ने टिम अर्जेन्टिना हो । अर्जेन्टिना ५ पटक पेनाल्टी शुटआउटसम्म पुगेकोमा ४ पटक जितेको छ । पेनाल्टी शुटआउटमा सबैभन्दा खराब रेकर्ड इङल्याण्डको नाममा छ । इङल्याण्ड अहिलेसम्म ३ पटक पेनाल्टी शुटआउटसम्म पुगेकोमा ३ पटक नै हारेको छ ।

    अर्जेन्टिनाले एक पटक मात्र हारेको पेनाल्टी शुटआउट २००६ को हो । यतिबेला अर्जेन्टिनाले जर्मनीसँग पेनाल्टीमा हारेको थियो । क्वाटरफाइनलमा भएको यो खेल १–१ गोलको बराबरी भएपछि पेनाल्टीमा जर्मनीले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो । यसअघि अर्जेन्टिनाले १९९० विश्वकपमा २ र १९९८ मा १ खेलमा पेनाल्टीसम्म पुगेको थियो । यी तीनवटै खेल अर्जेन्टिनाले जितेको थियो । अघिल्लो विश्वकप २०१४ मा पनि अर्जेन्टिना नेदरल्याण्ड्सविरुद्ध पेनाल्टीसम्म पुगेको थियो । यो खेल पनि अर्जेन्टिनाले जितेको थियो ।

    विश्वकपमा सबैभन्दा धेरै पटक अर्जेन्टिनाले ५ पटक पेनाल्टी खेलेको छ । त्यसपछि ब्राजिलले ४ पटक पेनाल्टी खेलेकोमा ३ खेल जितेको छ । पेनाल्टीमा जर्मनीको सफलता दर शतप्रतिशत छ । जर्मनीले पनि ४ पटक पेनाल्टी खेलेको छ र ४ पटक नै जितेको छ । इङल्याण्डलाई १९९० मा जर्मनीले ४–२, १९९८ मा अर्जेन्टिनाले ४–३ र २००६ मा पोर्चुगलले ३–१ ले हराएका थिए । पेनाल्टीको हकमा इटलीको पनि रेकर्ड खराब छ । उसले ४ पटक पेनाल्टी खेलेकोमा १ मात्र खेल जितेको छ । यद्यपि त्यो जितले उसलाई विश्वकपको उपाधि नै दिलाएको थियो । इटलीको एकमात्र पेनाल्टी जीत २००६ को फाइनलमा फ्रान्सविरुद्ध थियो ।

    पेनाल्टीमा गोल बचाउने किपरमा अर्जेन्टिनाकै सर्जियो गोएकोचे जर्मनीका हेराल्ड शुमाकरसँगै संयुक्त रुपमा पहिलो नम्बरमा छन् । दुवैले पेनाल्टीमा ४ गोल बचाएका छन् । सर्जियो गोएकोचेले १९९० मा स्लोभाकियाविरुद्ध २ र इटलीविरुद्ध २ गोल रोकेका थिए । उनले १९८२ मा फ्रान्सविरुद्ध २ र १९८६ मा मेक्सिकोविरुद्ध २ गोल बचाएका थिए । एउटै खेलमा ३ गोल बचाउने रेकर्ड पोर्चुगलका रिकार्डोको नाममा छ ।

    महान फुटबलर अर्जेन्टिनाका पूर्वकप्तान डिएको म्याराडोनाको नाममा विश्वकपमा पेनाल्टी मिस गर्ने खराब रेकर्ड पनि छ । अर्जेन्टिनाले आफ्नो विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी शुटआउट १९९० मा युगोस्लाभियाविरुद्ध खेलेको थियो । यो पेनाल्टीमा म्याराडोनाले गोल गर्न सकेनन् । उनको प्रहारलाई युगोस्लाभियाका किपर टोमिस्लाभ इवोकोभिचले रोकेका थिए । यद्यपि यो खेलमा जीत भने अर्जेन्टिनाकै भएको थियो । दबाबका कारण पेनाल्टी मिस गर्ने खेलाडी म्याराडोना मात्र नभइ ब्राजिलका जुलियो सेजार, नेदरल्याण्डका वेस्ले श्नाइडर, इङल्याण्डका स्टिभेन जेर्राडदेखि ब्राजिलका मार्सियो सान्तोससम्म छन् । सान्तोसले १९९४ को फाइनलमै पेनाल्टी मिस गरेका थिए । यद्यपि यो खेलमा ब्राजिलले नै जितेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…