• मस्को। फिफा विश्व कपको दोस्रो दिन शुक्रबार तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साझँ ५ बजेर ४५ मिनेटमा लुझनिकी स्टेडियममा इजिप्ट र उरुग्वे, दोस्रो खेलमा पौने ९ बजेदेखि सेन्ट पिटर्सबर्ग स्टेडियममा मोरक्को र इरान र तेस्रो खेल राति पौने १२ बजे सोच्चीमा पोर्चुगल र स्पेनबीच खेल हुँदैछ।

    रोचक त के छ भने रियल म्याड्रिडबाट खेल्ने सर्जियो रेमोस  र क्रिस्टियानो रोनाल्डो यो खेलमा आमने सामने हुँदैछन्। रेमोस स्पेन र रोनाल्डो पोर्चुगलको कप्तान हुन्।

    स्पेन र पोर्चुगल विश्व कपमा दोस्रो पटक आमने सामने हुँदैछन्। यसअघि २०१० को विश्व कपमा दुवै टिम एकअर्का विरुद्ध खेलेका थिए। जुन खेल स्पेनले १–० गोल अन्तरले जितेको थियो। यी दुई टिमबीच अहिलेसम्म ३५ खेल खेलेका छन्। स्पेनले ७२ र पोर्चुगलले ४१ गोल गरेको छ।

    विश्व कप सुरु हुनु एक दिन अगाडि स्पेनका मुख्य कोच जुलेन लोपतेगुईलाई बर्खास्त गरिएको थियो।  अहिले खेल निर्देशक फर्नाडो हिएरोलाई कोचको जिम्मेवारी दिइएको छ। यद्यपी कप्तान सर्जियो रेमोसले कोचलाई बर्खास्त गरेकै कारण खेलमा कुनै  फरक नपर्ने बताएका छन्।

    उता क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगल पनि योपटक विश्व कपबाट खाली हात फर्किन चाहँदैन। रेमोस, रोनाल्डोको क्लब रियल म्याड्रिडका कप्तान हुन्। उनको नेतृत्वमा टीमले हालै च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने रोनाल्डोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गरेका थिए। यस्तोमा रोनाल्डो आफ्नो क्लबका कप्तानमाथि कति भारी पर्छन् भन्ने हेर्न बाँकी छ।

    विश्व कपमा मोरक्को र इरानले अहिलेसम्म एकअर्का विरुद्धको खेल खेलेका छैनन्।  फिफा र्याँकिङमामा पनि दुवै टिम आसपास छन्। इरान ३७ औं र मोरक्को ४१ नम्बरमा छ। इरानको ग्रीस र कोसोभो विरुद्धको मैत्री रद्द गरिएको छ। जसकार कारण इरानको तयारीमा झड्का लागेको छ। तर इरान एसियाको दिग्गज टिम हो। यस्तोमा इरान विश्व कपमा आफ्नो पहिलो खेल जितेर एसियाली चुनौतीलाई अगाडि बढाउन चाहन्छ। मोरक्को १९९८ पछि पहिलोपटक विश्व कपमा भाग लिँदैछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…