• एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल खेलाडी लियोनल मेस्सी आफ्नो खेल जादुका कारण चर्चामा छन्। खेलसँगै आफ्नो विलासी जीवनका कारण पनि मेस्सीको चर्चा धेरै हुने गर्दछ।

    आफ्नो खेलका कारण विश्वलाई आकर्षक गरेका मेस्सीको शोक पनि कम छैन्। मेस्सी विश्वभरका एक यस्ता खेलाडी हुन्, जसको घरमाथि प्लेन उड्न प्रतिबन्ध लगाइएको छ।

    स्पेनिस एयरलाइनसका अनुसार बार्सिलोनामा हवाई अड्डाको विस्तार सम्भव छैन्। किनकी उक्त क्षेत्रमै उडान भर्न सम्भव छैन्, किनकी पर्यावरण नियमका कारण उडान भर्न मनाही गरिएको हो। तर एयरलाइन्सहरुले यसका कारण मेस्सीलाई दोषी मान्दछन्।

    बार्सिलोनाको उडान प्रतिबन्ध लगाइएको क्षेत्रमै मेस्सीको घर छ। पर्यावरण नियमका कारण उक्त क्षेत्रलाई उडान प्रतिबन्धीत क्षेत्र घोषणा गरिएको छ।
    मेस्सीको घरको आकार फुटबल मैदान जस्तो छ। मेस्सीको घर अत्याधुनिक सुविधा सम्पन्न छ। उनको घर पुरै रुपमा वातावरणमय छ। जसलाई माथिबाट हेर्दा चारै तिरबाट हरियाली देखिन्छ।

    मेस्सीले सन् २०१७ मा आफ्नो बाल्यकालको साथी र प्रेमिका एन्टोलेना रोकोजोसँग विवाह गरेका थिए। रोकोजो र मेस्सी बाल्यकालमा छिमेकी थिए। ५ वर्षको उमेर मेस्सीले पहिलो पटक रोकोजोलाई देखेका थिए। त्यसपछि उनी १३ वर्षको उमेरमा स्पेन गए। जहाँ उनले फुटबल क्लव बार्सिलोनामा सहभागी बने। तर दुबै सधै एक अर्काको सम्पर्कमा रहिरहे।  त्यसपछि उनीहरुको साथीको सम्बन्ध प्रेममा परिनत भयो। त्यसपछि सन् २००८ मा मेस्सी र रोकोजो लिभइन टुगेदरमा रहन थाले। उनीहरुको विवाह नहुँदै दुई सन्तान थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…