• एजेन्सी। विश्वकपको समूह चरणको दोस्रो खेल आज इजिप्ट र उरुग्वेबीच हुँदैछ । लिभरपुलका स्टार स्ट्राइकर तथा यस सिजनमा इङलिश प्रिमियर लिगमा गोल्डेन बुट विजेता मोहम्मद सलाहको इजिप्ट र स्पेनिस जाइन्ट बार्सिलोनाका स्टार स्ट्राइकर लुई सुआरेजको उरुग्वेबीचको यो खेललाई निकै चासोका साथ हेरिएको छ । यो खेललाई इजिप्ट भर्सेज उरुग्वे भन्दा पनि सुआरेज भर्सेज सलाहको रुपमा धेरैले चासोका साथ हेरेका छन् ।

    यी दुई टिमको भेट भने १२ वर्षपछि हुँदैछ । १२ वर्षअघि २००६ मा भएको मैत्रीपूर्ण खेलमा भने उरुग्वेले इजिप्टलाई २–० ले पराजित गरेको थियो । तर, अहिलेको परिस्थिति भने फरक छ । अहिले इजिप्टको टिम निकै बलियो भएर आएकोले यी दुवै टिमलाई आजको खेलमा जीत निकाल्न निकै कठिन हुने अनुमान गरिएको छ । चोटका कारण मैदानबाहिर रहेका इजिप्टका स्ट्राइकर मोहम्मद सलाहले आफू फिट रहेको बताउँदै आजको खेल खेल्ने भएपछि भने यो खेल निकै रोमाञ्चक बन्ने भएको छ । सलाह च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडविरुद्धको खेलमा घाइते भएका थिए ।

    समूह ए बाट रुसले पहिलो खेलमा ५–० को विशाल अन्तरले साउदी अरेबियालाई पराजित गरिसकेको अवस्थामा यी दुवै टिमलाई राउण्ड अफ १६ मा पुग्न आजको खेल जित्नैपर्ने दबाब परेको छ । १२ वर्षसम्म यी दुई टिमबीच कुनै खेल नभएको र यो अवधिमा अधिकांश खेलाडीहरु परिवर्तन भइसकेकोले यी दुई टिमबीच हेड टु हेड तथ्यांकको आधारमा जीतको पूर्वानुमान लगाउन भने निकै कठिन भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…