• उर्लाबारी । सुनियोजित तरिकाबाट फसाइएका पत्रकार केदार चौहान  शुक्रवार जिल्ला प्रशासन कार्यालय मोरङबाट स–सम्मान् रिहा भएका छन् ।

    उर्लाबारीमा ओजन पानी उत्पादनसँगै क्रसर उद्योग सञ्चालन गर्दै आएका केहि बिवादास्पद ब्यक्तिहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिवार स्थानीय पत्रकार  चौहानलाई पक्राउ गरेको थियो । एउटा गिरोह नै खडा गरेर बिभिन्न अबैध कारोबारमा संलग्न रहेका ब्यक्तिहरुले प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालाई प्रभावमा पारी योजनाबद्ध रुपमा बिहिवार चौहानलाई पक्राउ गराएका थिए । ओजन पानीमा लेदो भेटिएको समाचार राष्ट्रिय समाचार पत्र दैनिकमा प्रकाशित भएपछि उर्लाबारी – ५ का ध्रुबचन्द्र पराजुली, वडा नम्बर १ का गोबिन्द भट्टराई र उर्लाबारीकै नरकाजी श्रेष्ठ लगायतको समुहले कति रकम सहयोग गर्न सकिन्छ भन्दै बार्गेनिङ गरेर चौहानलाई फसाएका थिए ।

    ओजन पानी उद्योग मापदण्ड बिपरित र पानीमा लेखो भेटिएको समाचार पत्रकार चौहानले पर्दाफास गरेपछि उनलाई योजनाबद्ध रुपमा फसाईएको थियो । उर्लाबारी १ मा सञ्चालित पूर्वेली क्रसर र उर्लाबारीमै खोलिएको मावा समृद्धि बचत तथा ऋण सहकारी संस्थाका लगानीकर्ता रहेका पराजुली, भट्टराई र श्रेष्ठको कारोवार बिगतदेखि नै शंकास्पद रहँदै आएपछि समाचार सार्वजनिक हुँदै आएको थियो । पूर्वेली क्रसर उद्योग मापदण्ड बिपरित रहेको कुरा प्रदेश सभामा समेत सांसद् कुलप्रसाद साम्बाले उठान गरिसकेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीलाई फलामे गेट बनाई दिनेदेखि लिएर मोबाईल सेटसम्म ओजन पानीकै संचालकले प्रहरीलाई उपलब्ध गराउँदै आएका थिए । त्यसैको गुन तिर्न प्रहरीले पत्रकार चौहानलाई पक्राउ गरेको पुष्टि भएको मोरङका पत्रकारहरुको ठम्याई छ । यस्तै आफ्ना अबैध कारोबारहरुका बारेमा एकपछि अर्को गरी समाचार सार्वजनिक हुन थालेपछि नाटकीय ढंगमा प्रहरी निरीक्षक तिमिल्सिनालाई प्रयोग गरी उनीहरुले सम्पादक चौहानलाई पक्राउ थिए । उद्यपी घटनामा ओजन पानी सञ्चालकको फटाई सार्वजनिक भएपछि पत्रकार चौहान शुक्रवारै जिल्ला प्रशासन कार्यालय मोरङबाट स–सम्मान् रिहा भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…