• झापा । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थ’ अन्तरगत मे महिनाकोे एरिया ‘ए’ को उत्कृष्ट शाखाको अवार्ड वीरता जेसीज झापाले प्राप्त गरेको छ । वीरता जेसीजको यो अवार्ड ५ महिनाभित्रको तेस्रो हो । यस भन्दा अघि फेरवरी र अप्रिल महिनाको उत्कृष्टताको अवार्ड प्राप्त गरिसकेको छ । यो अवर्डासँगै उत्कृष्टतामा वीरताले ह्याट्रिक गरेको छ ।

    वीरता जेसीजका अध्यक्ष एकराज गिरीले यो अवार्डले शाखालाई थप हौषला र आगामी दिनका लागि काम गर्न थप उत्साहित बनाएका बताए । उनले अवार्ड प्राप्त गरेको सूचना प्राप्त गरेपछि आफ्नो फेशबुक पेजमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल, राष्ट्रिय कार्यकारी उपाध्यक्ष सिनेटर विकास मानन्धर, राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला, नेपाल जेसीजका बोर्डका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, शाखाका सदस्य तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुप्रति आभार गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…