• विराटनगर-  प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले आगामि आर्थिक वर्ष ०७५/७६ का लागि  प्रदेश सरकारले ल्याएको बजेट सार्वजनिक गरेका हुन्।

    जसमा चालुतर्फ १४ अर्ब ९२ करोड १८ लाख ४१.५ प्रतिशत , पूँजीगतर्फ १८ अर्ब ५० करोड ९२ लाख ५१.५ प्रतिशत र अन्तरसरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख ७ प्रतिशत बजेट विनियोजन गरेको छ। राजस्वबाट ३ अर्ब ६६ करोड ७८ लाख, अनुदानबाट २२ अर्ब ८८ करोड ७० लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब १८ करोड ११ लाख, चालु आर्थिक वर्षको नगद मौज्दात करिब २० करोड रहने पूर्व अनुमान रहेको छ।

    आवास तथा भौतिक पूर्वाधारमा सबै भन्दा बढी ९ अर्ब ५० करोड बजेट विनियोजना गरिएको छ । यस्तै कृषिका लागि ८५ करोड,पर्यटनका लागि ८९ करोड, जलस्रोत र उर्जाका लागि ७१ करोड रुपैया“ बजेट विनियोजन गरिएको छ। उद्योग क्षेत्रका लागि १ अर्ब २० करोड,शिक्षा क्षेत्रका लागि १ अर्ब ३५ करोड, स्वास्थ्यका लागि १ अर्ब ४४ करोड, युवा तथा खेलकुदका लागि ४३ करोड, वन वातावरण र खानेपानीका लागि २ अर्ब ७४ करोड विनियोजन गरिएको छ। यस्तै सुरक्षा, सामाजिक न्याय,सद्भाव, संस्कृति र एकताका लागि १ अर्ब २९ करोड विनियोजन गरिएको आङ्वोले जानकारी दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…