• मेचीनगर, १ असार ÷ मेचीनगर नगरपालिकाको आयोजनामा नगर स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
    मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शुक्रबारबाट शुरु भएको कार्यक्रममा प्रत्येक वडाबाट १० जना गरी नगरभरिका १ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
    मेचीनगर नगरपालिकाका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीको सभापतित्व तथा मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा मेचीनगर–४ का वडा अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नायब सुब्बा जयन्ती खरेल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । प्रशिक्षकहरु सोमराज ढकाल, गोविन्द न्यौपाने, मणिकुमार लिम्बूले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दैछन् ।
    मेचीनगर नगरपालिकाका नायब सुब्बा जयन्ती खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रशिक्षक सोमराज ढकालले गरेका थिए । कार्यक्रमको अन्तिम दिन नगर स्तरीय बाल सञ्जाल गठन गर्ने प्रशिक्षक गोविन्द न्यौपानेले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…