• काँकरभिट्टा, १ असार ÷ संघीय समाजवादी फोरम नेपाल मेचीनगर समितिले चौथो वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
    ‘जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद’ भन्ने मुल नाराका साथ शुक्रबार काँकरभिट्टास्थित हनुमान मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।
    कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाको रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका झापा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य धनप्रसाद गुरुङ्गले गरेका थिए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश कमिटि कोषाध्यक्ष केवलराम राई, सदस्य सुकमाया लिम्बू, जिल्ला कोषाध्यक्ष बालकुमार भुजेल, सदस्य दिलिपजंग सुब्बा, एसी शेर्पा, १ नम्बर क्षेत्रीय महिला अध्यक्ष उमादेवी योक्पाङदेन, १ नम्बर क्षेत्रीय अध्यक्ष तिलक्चन सम्बाहाम्फे, मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन नगर अध्यक्ष ओमप्रकाश खापुङले गरेका थिए । समितिले साँझ दीप प्रज्वलनको कार्यक्रम गरेको जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…