• काठमाडौं।

    रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा मोरक्कोको आत्मघाती गोलले इरान विजयी भएको छ। इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो।

    अधिकांश समय बल नियन्त्रणमा लिएको मोरक्कोका अजिज बोहादुजले ९०+४ मिनेटमा आत्मघाती गोल गरेपछि एसियाली मुलुक इरानले पहिलो जित हात पारेको हो। इरानले पाएको फ्रिकिकमा मोरक्कोका अजिजले हेडिङमार्फत आत्मघाती गोल गरेका थिए।

    मोरक्कोलाई हराएको इरान समूह बिमा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

    मोरक्कोले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेयता मोरक्को छनौट भएको थिएन।

    यी दुई टिम पाँचौंपटक आमनेसामने भएका हुन्। यसअघिका चार भिडन्तमध्ये तीनमा मोरक्कोले जीत हात पारेको थियो। अन्तिमपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भने इरानले बाजी मारेको थियो।

    सुरुअाती समयमा मोरक्को टिम इरानमाथि हाबी थियो। बल पास दिनमा पनि मोरक्कोका खेलाडी कुशल देखिएका थिए।

    खेलको १९ औं मिनेटमा मोरक्कोको कडा प्रहारलाई इरानका किपरले उत्कृष्ट बचाउ गरेका थिए। २६ औं मिनेटमा मोरक्कोको कडा प्रहारलाई इरानका डिफेन्डरले रोकेका थिए। किपर बिट भइसकेको अवस्थामा डिफेन्डरले उत्कृष्ट बचाउ गरे।

    पहिलो हाफको अन्त्यतिर इरानका कडा प्रहारलाई मोरक्कोका रक्षककले बचाउ गरे। खेलको ४३औं मिनेटमा इरानका खेलाडीले वान भर्सेस वान बललाई गोल गर्न सकेनन्।

    दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको एसियाली मुलुक इरानले केही राम्रा गोल गर्ने मौका खेर फाल्यो। बल पोजिसनमा पछि परेको इरानले मोरक्कोको पोष्टमा ८ पटक प्रहार गर्‍यो भने मोरक्कोले १० पटक प्रहार गर्‍यो।

    खेलको ७८ औं मिनेटमा मोरक्कोको कडा प्रहार इरानी किपरले रोकेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…