• देबु बानियाँ
    काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा मापदण्ड विना सञ्चालन भएका इटाभट्टाहरु बन्द गरिने भएको छ ।
    गत जेठ २२ गते वातावरण दिवसको अवसरमा भकुण्डेबेसी जेसीजले अबैध रुपमा सञ्चालन भएका कलकारखनाहरु व्यवस्थित गर्न आग्रह गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । उक्त हस्ताक्षरसहितको नगरपालिकामा १६ बुँदे ज्ञापन पत्र आएपछि नगरपालिकाको ध्यान यसरी सञ्चालन भएका उद्योग कलकारखानामा पुगेको थियो । त्यसपछि नगरपालिकाले यसरी सञ्चालनमा आएका उद्योगधन्दाका सञ्चालकहरुलाई व्यवस्थित गर्न आग्रह गरे पनि यहाँ सञ्चालनमा रहेका ८ वटा इटाभट्टाले कुनै सुनवाइ नगरेपछि शुक्रवार नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले मापदण्ड विना सञ्चालन भएका इटाभ्टाहरु बन्द गर्ने निर्णय गरेको हो ।
    नगरपालिकाले विभिन्न क्षेत्रबाट भएको अनुगमन तथा मन्त्री परिषदको निर्णय अनुसार खुलेआम रुपमा मापदण्ड बिना सञ्चालनमा आएका भट्टाहरु बन्द गर्ने निर्णय गरेको हो । एउटा भट्टाले समान्यता १७ वटा मापदण्ड पुरा गर्नुपर्छ । तर, यहाँका भट्टाहरुमा एउटा पनि मापदण्ड नभएको निर्णय विभिन्न अनुसन्धानबाट पत्ता लागेको थियो । वातावरण विभाग, इसीआर सि, रिसर्च फाइन्डिङ्ग, वातावरण मन्त्रालय र बिभागको अनुसन्धानबाट यस्तो भएको पाइएको हो ।
    नगरपालिकाले यस्ता किसिमका उद्योगहरु प्राकृतिक श्रोत र सम्पदाको विनास, पशु, मानव, बोट बिरुवालगायत सबैका लागि घातक र नगरको सौन्दर्य बिगार्ने प्रमुख तत्वका रुपमा रहेको हुनाले उद्योग रहन सक्ने कुनै आधार समेत नरहेकोले तत्काल बन्द गर्न जानकारी गराएको छ ।
    कार्यक्रममा नमोबुद्ध नगरपालिकाका मेयर,विभिन्न पार्टी प्रतिनिधिहरु, जन प्रतिनीधिहरु, संघ संस्थाका प्रतिनिधिहरु, समुदाय, ईंटा भट्टाका सञ्चालकहरुको सहभागिता रहेको भकुण्डेबेसी जेसीजकी अध्यक्ष रुकमणी सिग्देलले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…