• काठमाडौं । स्पेनसँगको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । सोचीमा जारी खेलमा उनले ह्याट्रिक गरेका छन् । उनले खेलको ८६ औँ मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

    रोनाल्डोले यो खेलमा चौथो, ४४ र ८६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको यो करिअरको ५१ औँ ह्याट्रिक हो । यस्तै विश्वकपमा भएको पनि ५१ औँ ह्याट्रिक हो । पोर्चुगल र स्पेनबिचको खेल निकै प्रतिस्पर्धात्मक भएको छ । पहिलो हाफमा पोर्चुगलले २ १ को अग्रता लियो । तर दोस्रो हाफमा स्पेनले फेरि बराबरी र त्यसपछि अग्रता लियो ।

    स्पेनका लागि ५५ औँ मिनेटमा डिएगो कोस्टाले बराबरी गोल गरेका हुन् । खेलमा उनको यो दोस्रो गोल हो । यसअघि उनले २४ औँ मिनेटमा पनि गोल गरेका थिए । त्यसपछि ५८ औँ मिनेटमा नाचोले गोल गरे र ३ २ को अग्रता दिलाए । तर पोर्चुलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै खेलमा बराबरी गरे ।

    उनले सोचीमा जारी खेलमा चौथो मिनेटमा पेनाल्टीमा गोल गरेका रोनाल्डोले ४४ औँ मिनेटमा दोस्रो गोल गरेका हुन् । त्यसअघि २४ औँ मिनेटमा डिएगो कोस्टाले स्पेनका लागि गोल फर्काएका थिए ।

    यो विश्वकप फुटबलको पहिलो हाइटेन्स खेलको रुपमा देखिएको छ पोर्चुगल र स्पेनबिचको खेल । सोचीमा जारी खेल सुरुमा पोर्चुगलले अग्रता लियो । त्यसपछि स्पेनले गोल फर्काएको । पोर्चुगलका लागि चौथो मिनेटमा नै पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

    स्पेनका लागि त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गरेका हुन् । कोस्टालाई पोर्चुगलका डिफेन्डर पेपेले रोक्ने निकै प्रयास गरेका थिए । तर कोस्टाले पेपेलाई लडाउँदै गोल गरेका हुन् । त्यसपछि फेरि रोनाल्डोले गोल गरे ।

    रोनाल्डोले योसँगै विश्वकपमा पाँच गोल गरेका छन् । उनले चार फरक फरक विश्वकपमा गोल गरेका हुन् । उनले २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका हुन् ।

    रोनाल्डोले राष्ट्रिय टिमबाट १५० खेलमा ८३ गोल गरेका छन् । स्पेनका आन्द्रेश इनिएस्टाले ३४ औँ मिनेटमा गोल गर्ने प्रयास गरे । ४१ औँ मिनेटमा इस्कोले गोल गर्ने प्रयास गरे तर पोर्चुगलका गोलरक्षकले जोगाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…