• प्रधानमन्त्री केपी ओलीले सरकारले तोकेको क्षेत्रमा मात्रै घर निर्माण गर्न घरजग्गा निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । व्यवसायीहरूले काठमाडौंमा जथाभावी हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर सहरलाई नै कुरूप बनाएको भन्दै उनले तोकिएको क्षेत्रमा मात्रै घर निर्माण गर्न आग्रह गरेका हुन् ।

    राजधानीमा शुक्रबारदेखि सुरु भएको सातौँ घरजग्गा मेलाको उद्घाटन गर्दै मन्त्री ओलीले काठमाडौंभन्दा बाहिर गएर पनि निर्माण गर्न सुझाब दिएका छन् ।

    काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो उनले भने तर निर्माण व्यवसायीले यसलाई डम्पिङ साइट नै बनाए ।

    सरकारले नयाँ सहर निर्माणका लागि क्षेत्र तय गरेको भन्दै उनले ती स्थानमा गएर व्यवसाय विस्तार
    गर्न व्यवसायीलाई आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले आधुनिकीकरणमा जाँदा संस्कृतिको जगेर्नालाई पनि उत्तिकै ध्यान दिनुपर्ने भन्दै विकास नै गर्ने हो भने दुर्गम र असुरक्षित आवास भएको स्थानमा गएर सहर निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल घरजग्गा तथा आवास संघका महासचिव मीनमान श्रेष्ठले कित्ताकाट गर्न लगाइएको रोक हटाउन आग्रह गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…