• देबु बानियाँ झापा ।
    ‘यो संसारको कुनै चित्रकारलाई विश्व नै पोत्ने कुनै रंग चाहिए । मेरो देशका गुराँससँग सापटी माग्नु ।
    तर, भो यो कुरा चाँहि पछि गरौँला । कि, मैले खाने चामलको रंग किन्न म आफुँ चाँहि अरब आएको छु ।
    म मर्नु अघि मेरा बुढा भएका बुबाको हातका नङ नदुखाईकन काटन् चाहन्छु ।
    म मर्नु अघि मेरी आमाले पाकाएको माली गाईको बिगौती चाख्न चाहान्छु ।
    म मर्नु अघि मेरी छोरीले उसकी हजुर आमाले चुलेसीले तिखारेको पेन्सिलले ठूलो अक्षर क लेखेको हेर्न चाहान्छु ।
    हे देश म मर्नु अघि मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर घर फर्कै भने त ठिक हो । तर, त्यो भन्दा पहिले त्यो ठूलो लामो बाकसमा म आफैँ भरिएर घर फर्के भने..........’
    कवि नवराज पराजुलीले भावनात्मक गहिराइमा डुबेको यो कविता सुनाइरहँदा हलमा खचाखच भरिएका दर्शक स्तब्ध र एक्कोहोरो बने । कविता वाचनको क्रममा मुरलीको धुन र कवि पराजुलीको आवज बाहेक अरु केही सुनिन्दैनथ्यो । मानौ कुनै मौनता छाएको छ । तर, कविता सकिएपछि हल नै थर्कमान हुने गरि तालीको गडगडाहड चल्यो ।

    शनिवार इटहरी जेसीज र लियो क्लब इटहरीले आयोजना गरेको कवि नवराज पराजुलीको कविता कन्र्सटमा पहिलो पटक टिकट काटेर कविता सुन्न जानेहरुलाई कोतुहलता थियो कस्ता कविता सुनाउने हुन नवराजले भनेर । विश्वको सबै भन्दा अग्लो देशको मानिस परिवारको लालनपालनका लागि कसरी खाडीको दलदलमा फस्छ भन्ने भाव बोकेको मार्मिक कविता पहिलो पटक धुन सहित सुन्दा दर्शकहरु भावुक बन्न पुगे । पराजुलिको कविता बाचन कार्यक्रममा इटहरीका विभिन्न पेशा व्यवसायमा आवद्धहरु अगुवाहरुको ठुलै सहभागिता रहेको थियो । झापाका युवा कवि पराजुलिले सुनाएको दोस्रो कविता अपागंता भएकी युवतीका बेदना मिश्रित रहेको थियो । त्यो पनि त्यत्तिकै मार्मिक थियो । कवि पराजुलीले कन्र्सटमा आफ्ना चर्चित ६ वटा कविता सुनाएका थिए । उनका हरेक कवितामा दर्शक मन्त्रमुग्ध बनेका थिए । जेसीजले शनिवारको विदालाई सदुपयोग गर्दै कविता कन्र्सटको आयोजना गरेको थियो । पराजुलीका कविता सुन्नका लागि इटहरी, धरान, इनरुवा, सप्तरी, झापा, मोरङलगायतका क्षेत्रबाट विभिन्न व्यक्तिहरु पुगेका इटहरी जेसीजका अध्यक्ष सोम गौतमले बताए ।
    कविता कन्सर्टका प्रमुख अतिथि झापाली कवि मनु मञ्जीलले कवि पराजुली ठुलो सभावना बोकेको कवि रहेको चर्चा गरे । उनले वाचन गर्ने हरेक कवितामा नेपालीपन र भावनात्मक नातासँग जोडिएको बताए । इटहरी जेसीजका अध्यक्ष सोम गौतमले कवि पराजुलीका कविताले सबै सहभागिलाई सन्तुष्ट बनाएको बताए ।
    कविता कन्सर्टका विषयमा कार्यक्रम संयोजक युवराज काफले प्रकास पारेका थिए ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…